Like us on facebook

Advertisements

  • श्रीकृष्ण प्रतिष्ठानद्वारा फिल्मकर्मी सम्मानित

    samman-shiva_20150811093026कलिउड अपडेट ।

    अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको पहिलो वार्षिक पुण्यतिथि पारेर दुई फिल्मकर्मी सम्मानित भएका छन् । श्रेष्ठको स्मृतिमा गठित प्रतिष्ठानले परणोपरान्त निर्देशक शिव रेग्मीलाई विशेष सम्मान र अभिनेता शिव श्रेष्ठलाई श्रीकृष्ण श्रेष्ठ स्मृति सम्मान प्रदान गरिएको हो ।

    सम्मानसहित स्व.निर्देशक रेग्मीलाई ५१ हजार रुपैयाँ र अभिनेता श्रेष्ठलाई एक लाख ११ हजार १ सय ११ रुपैयाँ प्रतिष्ठानले हस्तान्तरण गर्‍यो । शिव रेग्मीको सम्मान निजकी पत्नीले ग्रहण गरेकी थिइन् भने अभिनेता शिव स्वयं उपस्थित थिए । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले सम्मान प्रदान गरेका थिए ।

    ‘कोहिनूर’ फिल्मका अभिनेता श्रीकृष्णको गतवर्ष साउन २४ मा उपचारका क्रममा दिल्लीको गंगाराम अस्पतालमा निधन भएको थियो । नेपाली फिल्म क्षेत्रका सफल अभिनेतामा गनिने उनको अन्तिम फिल्म ‘कोहीनूर’ ले पनि अत्यधिक दर्शकको माया पाएको थियो । कार्यक्रममा पनि फिल्मक्षेत्रका हस्तीहरू नीर शाह, यादव खरेल, शम्भुजित बाँस्कोटा, सरोज खनाल, कृष्ण मल्ल लगायतको उपस्थिति थियो ।

    वार्षिक पुण्यतिथि पारेर गरिएको कार्यक्रममा श्रीकृष्णको सम्झनामा निर्मित आधा घन्टा लामो भिडियो प्रदर्शन गरिएको थियो । कार्यक्रममा उपस्थित श्रीकृष्ण पत्नी श्वेता खड्का भिडियो हेरेर विहल भएकी थिइन् । ‘कोहीनूर’ निर्देशक आकाश अधिकारीले श्रीकृष्णको नाममा हुलाक टिकट बनाउन र पूर्णकदको सालिक स्थापना गर्न सरकारसँग माग गरेका थिए । अभिनेत्रीसमेत रहेकी श्वेताले भने आफू पतिकै पथमा हिँड्न चाहेको बताइन् । उनले रसिला आँखा पार्दै आगामी दिनमा अभिनयमै आफूलाई व्यस्त राखेर पतिको अभाव पूर्ति गर्ने बताइन् । यसका लागि आफूलाई घर परिवार र सबैबाट अगाडि बढ्न हिम्मत दिन आग्रह पनि गरिन् । कार्यक्रममा श्याम स्मृतद्वारा श्रीकृष्णका बारेमा लिखित ‘अमर नायकको सम्झना’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

    पुस्तकलाई सञ्चारमन्त्री, श्वेता र स्व. श्रीकृष्णकी आमा लगायत अतिथिले संयुक्त रूपमा विमोचन गरेका थिए । श्वेतासँग बिहे भएको एक महिनामा श्रीकृष्णको निधन भएको थियो ।

    source – ekantipur

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4