श्रावण १९ , कलिउड अपडेट ।
नायीका शिल्पा पोखरेल र म्यूजिक भिडियोमा लोकप्रियता हासि गरेका मोडल एव नायक जिवन भट्टराइ चलचित्रको पर्दामा पहिलो पटक संगै देखिदैछन् ।दर्जन भन्दा बढि म्यूजिक भिडियोमा संगै काम गरेका जिवन र शिल्पा पहिलो पटक चलचित्रको पर्दामा संगै देखिन लागेका हुन् । भाद्र ८ बाट रिलिज हुने चलचित्र हामि शरणार्थिमा नायीका शिल्पा र जिवनको जोडि रहेको छ । भुटान बाट आएकि एक चेलीको कथा चलचित्र हामि शरणार्थिमा रहेको छ ।
नायीका शिल्पाले यस अघिका बिभिन्न सिनेमामा बिभिन्न नायक संग स्क्रिन शेयर गरिसकेकि छिन् । रिलिज भएका अधिकांश चलचित्रलाइ दर्शकले साथ दिएका छन् । हामि शरणार्थिमा शिल्पा संग जोडि बाधिएका नायक जिवन भट्टराइ ले पनि स्कुल , म त तिम्रै हुँ जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् तर ति चलचित्रले उनलाइ स्थापित गराउन सकेन । नायीका शिल्पा संग जिवनको केमेष्ट्रि कतिको मिल्ने छ भाद्र ८ लाइ पर्खनै पर्छ ।
बिजय केरुङको निर्देशनमा तयार चलचित्र हामि शरणार्थिलाइ कृष्ण प्रसाद पोखरेल , अर्जुन कुमार पोखरेल , प्रकाश भण्डारी र प्रकाश सिवाकोटिले संयुक्त रुपमा निर्माण गरेका हुन् ।