Like us on facebook

Advertisements

  • फेरी बिबाह गरिन् शिल्पाले

    कलिउड अपडेट । असार २९ गतेबाट रिलिजहुने फिल्म वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यी दुबै शसस्त्र प्रहरीको भुमिका देखिएका छन् । तर फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्मनिर्माण टिमले सार्वजनिक गरेका थिएनन् । हालै फिल्मका निर्माण टिमले नायक अनुपविक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्मभित्रको मूख्यसिनको केहीफोटो सार्वजनिक गरिएको छ ।

    फिल्मभित्र नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रमशाही विवाह बन्धन मा बाँधिएकी छिन् । महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरा मा निर्माण गरिएको फिल्महो ।महिला शसस्त्र शिल्पासँग अनुपको मिलन पछि विवाहको सिन राखिएको छ । उक्त सिन फिल्मको मूख्य पार्ट भएको बुझिएको छ ।
    फिल्ममा मूख्य कलाकारहरु शिल्पापोखरेल, अनुप विक्रमशाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।
    राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास,श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।
    फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।फिल्मलाई काठमाडौंमाबि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4