नायीका शिल्पा पोखरेल यतिबेला कि हिट नायीकाको सुचिमा परिसकेकि छिन् । निर्माता छबिराज ओझाको फिल्म लज्जामा अभिनय गरे पछि उनि एकाएक चर्चामा आएकि थिइन् ।
त्यस पछि उनि छबिराज प्रोडक्सनै अर्को चलचित्र हवल्दार सुन्तलीमा निर्माता छबि राज ओझा संगै काम गरीन् । बिचमा उनले सम्झना उप्रेती रौनियार निर्देशित चलचित्र फागुमा पनि काम गरीन् । यतिबेला उनि पुन नमस्ते नेपाल फर्केकि छिन् । नमस्ते नेपाल छबिराज ओझाको अफिस हो । छबिराज प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र किस्मत २ का शिल्पा पोखरेल ले पुन छबिराज ओझा संग काम गर्न लागेकि हुन् । चलचित्र किस्मत २ लाइ ऋषि लामिछानेले निर्देशन गर्न लागेका हुन् भने अन्य कलाकारको छनौट भइ रहेको छ । यस चलचित्रमा नया नायकले मौका पाउने सम्भावना बुझिएको छ ।
बिगतमा छबि र शिल्पा बिच सम्वन्धको हल्ला नचलेको पनि होइन । नेपाली फिल्म क्षेत्रमा निर्माता छबिराज ओझाले शिल्पा बाहेक अन्य हिरोइन नदेख्नुले चाहि शिल्पा र छबि बिच केहि चलिरहेको छ कि जस्तो देखिन्छ ।