माघ ५ , कलिउड अपडेट ।
चलचित्र शव्द नेपालका सिनेमा घरहरुमा औषत व्यापारको साथ चलिरहेको छ भने उता अष्ट्रेलियामा भने चलचित्र शव्दलाइ नेपाली दर्शकहरुको राम्रो साथ पाएको छ । दर्शकको माग को कारण चलचित्रको शो थपिएको बुझिएको छ ।
४ शो गर्ने योजना भए पनि दर्शकको मागको कारण चलचित्र शव्दको अष्ट्रेलियामा ६ शो गरिएको अष्ट्रेलियाका लागि प्रर्दशन अधिकार लिएका गोबिन्द भण्डारीले जानकारी गराएका छन् । सन्तोष सिवाकोटिको निर्देशन रहेको चलचित्र शव्दलाइ छिरीङ दोर्जे लामा र बिष्णुकुमार थेवेले निर्माण गरेका हुन् ।