गल्फ कन्ट्रिहरुको लागी मन्दिप अधिकारीले किने ‘सेन्टीभाइरस’

कलिउड अपडेट ।
ओभरसिज राइट्स खरिद गरेको नेपसिने कम्पनीले बिभिन्न देशहरुको लागी प्रर्दशन राइट्स बिक्रि सुरु गरेको छ । एक करोड १५ लाखमा ओभरसिज राइटस् खरिद् गरेको यो कम्पनीले सुरुवातमा मिडलइस्टका देशहरुमा बिक्रि गरेको छ ।


यूएइ , ओमन , कतार , बहराइन , कुवेत तथा साउदी अरवको लागी नेपाली व्यावसायी मन्दिप अधिकारीले खरिद गरेका छन् । नेपसिने नेपालका व्यवस्थापक दिपेन्द्र कार्कि र मन्दिप अधिकारी बिच शुक्रबार खरिद बिक्रि सम्झौता भएको नेपसिने नेपालका प्रमुख बिधान कार्किले कलिउड अपडेट लाइ जानकारी दिए ।
रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्रमा सिताराम कट्टेल धुर्मुस , कुन्जना घिमिरे , दयाहाङ राइ , बुद्धि तामाङ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ ।

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4