Like us on facebook

Advertisements

  • ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक

    कलिउड अपडेट , मंसिर ३ ।
    चलचित्र ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोष्टरमा अभिनेता विपिन कार्कीलाई फिचर गरिएको छ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहेको छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन ।

    गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही चलचित्रका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4