Like us on facebook

Advertisements

  • छायांकन नै नथाली सायद २ लाइ ३० लाख MG,लभस्टोरी फिल्म हुन सक्ने

    मंसिर २२ , कलिउड अपडेट ।

    निर्माता सुनिल रावल एक भाग्यमानि निर्माताको रुपमा नेपाली फिल्मी नगरीमा परिचित छन् । सायद बाट आरम्भ भएको उनको फिल्म निर्माण यात्रा होष्टेल रिटन्स आइपुग्दा फिल्ममा घाटा कस्तो हुन्छ अनुभव गर्नु परेको छैन । सुरुमा फिल्म मेकिङ्ग नबुझि फिल्ममा आएका रावल यतिबेला एक अनुभवी , र फिल्मको मार्केटिङ्ग उत्कृष्ट तवरले गर्न सक्ने निर्माताको सुचिमा उनि अग्रभागमा आउछन् । sayad-2

    यतिबेला उनि आफ्नो अर्को चलचित्र सायद २ को प्रिप्रोडक्सनमा रहदा नै फिल्मलाइ एफ डि कम्पनीले ३० लाख एम जी (मिनिमम् ग्यारेन्टि) दिएको छ । फिल्मलाइ पुष्पराज न्यौपाने निर्देशन गर्ने भएका छन् । उनीसंग बलिउडको ठूलो अनुभव रहेको छ तर कलाकार भने निर्माण यूनिटले गोप्य राखेको छ । सायद २ को थिम पोष्टर निर्माता रावलले सार्वजनिक गरेका छन् । पोष्टरले सायद २ त्रिकोणात्मक प्रेम कथा हुन सक्ने संकेत गरेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4