चैत्र १७ , कलिउड अपडेट ।
निकै भाग्यमानि निर्माता सुनिल रावलले निर्माण गरेका हरेक चलचित्र सफल छन् । नेपाली फिल्म क्षेत्रमा उनको सफलताको कारण बिश्वासिलो छबि पनि निर्माण गरिसकेका निर्माता हुन् । यस पटक उनी चलचित्र सायद २ को निर्माण मा जुटेका छन् । चलचित्र फ्लोरमा गएको छैन । प्रिप्रोडक्सनमा धेरै मेहनत गरिएको यो चलचित्र मंसिर ३ गते प्रर्दशन हुदैछ ।
चलचित्रले ठूलो रकम एमजि पाइसकेको छ । यसर्थ हेर्ने हो भने लगभग चलचित्र नाफामा गइसक्यो । यो रावल तथा दुर्गिस फिल्मको सफलता त हो नै तर यो पटक अझ बढि चुनौति पनि थपिएको छ । निर्माता रावललाइ बिश्वास गरेर बितरकहरु सायद २ को पछि लागेका छन् । यो पटक पनि उनले बिगतका फिल्म भन्दा बढि स्तरिय फिल्म दिनु पर्ने आवश्यक पनि छ ।
चलचित्रलाइ राम्रो र स्तरीय बनाउन प्रिप्रोडक्सन बाट नै धेरै मेहनत गरिएको र कुुनै कुरामा कम्प्रमाइज नगरिने निर्माता रावलको भनाइ छ ।
चलचित्र लाइ पुष्पराज न्यौपानेले निर्देशन गर्दैछन् ।