Like us on facebook

Advertisements

  • आप्पाको साउने झरी सार्वजनिक (भिडियो)

    कलिउड अपडेट ।
    दयाहाङ राइ स्टारर फिल्म आप्पाको अर्को गीत सार्वजनिक गरिएको छ । साउने झरि बोलको उक्त गीतमा बिज्ञान बराइलीको आवाज रहेको छ भने अनमोल गुरुङ र सैकत देवले संगीत दिएका छन् । गीत उमेश उपमाले लेखेका हुन् ।
    असार १३ बाट प्रर्दशनमा आउन लागेको चलचित्र आप्पा ले बाबा छोराको कथा बोकेको छ । चलचित्रलाइ अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

    अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् । यसमा रुदेन सादा लेप्चाको लगानी छ । फिल्ममा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा उनको र उमेश उपमाको पटकथा तथा संवाद छ । शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4