Like us on facebook

Advertisements

  • महजोडिले ‘सत्रुगते’ बनाउने , चलचित्रमा जम्बो टोलि

    भाद्र ३० , कलिउड अपडेट ।

    महजोडिले चलचित्र निर्माणमा पुन हात हालेको छ । महजोडिले निर्माण गर्ने फिल्मको नाम हो ‘सत्रुगते’ । मह सन्चार र किरण केसि ले संयुक्त सहकार्यमा  यो फिल्म निर्माण हुदैछ । चलचित्रलाइ प्रदिप भट्टराइले निर्देशन गर्ने भएका छन् । कार्यक्रममा बोल्दै कार्यकारी निर्माता किरण केसिले चलचित्र पूर्ण रुपमा मनोरन्जनको लागि बनाइन लागेको बताएका छन् । कार्यक्रममा बोल्दै केसिले चलचित्रले रमाइलो रमाइलो रमाइलो दिने बताए ।

    यस्तै चलचित्रमा अहिलेका चर्चित जोडि पल शाह र आँचल शर्माको पनि अभिनय रहने छ । आँचल र पल ले यति ठूलो टिम संग काम गर्नु आफ्नो लागी भाग्यको कुरा भएको बताएका छन् ।
    बरिष्ठ कलाकार हरिवंश आचार्यले उपस्थित सन्चारकर्मि हरुलाइ सम्बोधन गर्दै नयाँ पुस्ता संग मिलेर काम गर्दा आफ्नो कलाकारीताको आयु बढ्ने बताएका छन् ।
    यस्तै अर्का बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले चलचित्र बाट दर्शकको माया पाउन चाहेको बताएका छन् ।

    छठ पछि छायांकनमा जाने चलचित्र सत्रुगतेमा पल र आँचलका अलावा हरिवंश आचार्य , मदन कृष्ण श्रेष्ठ , दिपकराज गिरि , दिपाश्री निरौला , प्रियंका कार्कि , राजाराम पौडेल लगायतका बरिष्ठ कलाकारहरुको अभिनय रहने छ ।
    चलचित्रलाइ रमिला आचार्य , यसोदा सुवेदी , नरेन्दं्र कंसाकार , दिपकराज गिरि , दिपाश्री निरौला , शिवहरी पौडेलको लगानि रहने छ ।
    चलचित्रका गितमा राजनराज सिवाकोटिको संगित सुन्न सकिने छ ।
    चलचित्र २०७४ चैत्र ९ गते बाट प्रर्दशनमा आउने छ ।

    तस्विर : बिबेक बस्याल

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4