Like us on facebook

Advertisements

  • ‘मोहनी’ विमोचित ! यी हुन् सारीकाका काले दाइ (भिडियो सहित)

    भाद्र २८ , कलिउड अपडेट ।
    नायिका तथा गायिका सारिका घिमिरेको गीति एल्वम मोहनीको लोकार्पण गरिएको छ । आज राजधानीको सिटिम्याक्स सिनेमा हलमा आयोजित एक कार्यक्रमका विच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले मोहनी एल्वमको लोर्कापण गरेका हुन् ।

    यस एल्वम भित्र चार वटा गीत संग्रहित रहेका छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै संगीत रहेको छमछम, सारिका घिमिरे कै शब्द तथा डेनी निरौलाको संगीत रहेको सान्नानीबोलको गीतहरु रहेका छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द रहेको छ भने एउटा गीतमा संंगीत पनि उनले भरेकी छिन् । कार्यक्रममा के देखेर माया लायौ बोलको गीतको भिडियो समेत सार्बजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छिन् भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् । जितेन लेप्चाको संगीत रहेको यस गीतलाई रमेश थापामगरले लेखेका हुन् । भिडियोलाई भरत रेग्मीले निकैनै आकर्षक ग्राफिक्स्को साथमा सम्पादन गरेका छन् ।


    अभिनय क्षेत्रमा सक्रिय रहेकी घिमिरेको पहिलो प्रयासलाई अतिथि तथा पत्रकारहरुले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले चलचित्र क्षेत्रमा जस्तै नेपाली सांगीतिक क्षेत्रमा पनि नयाँ इटा थप्दै जाने र सारिकाको भविष्य उज्ज्वल रहने बताए भने संगीतकार राजु सिंहले पनि गायिकाको खुलेरै प्रसंशा गर्दै शुभकामना दिउका थिए । बरिष्ठ निर्देशक÷कलाकार मोहन निरौला, संगीतकार अर्जुन पोखरेल, निर्देशक सुब्रत आचार्य लगायतले लोकार्पण भएको एल्बमको शुभकामना दिएका थिए भने सन्तोष श्रेष्ठले एल्बमको समिक्षा गरेका थिए ।
    एल्वम बिमोचन समारोहको आयोजक संस्था छायाँछबि क्रियशनका अध्यक्ष तथा बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले सारिकाको अभिनयसँगै गायनमा पनि उचाई थपियोस भन्दै छायाँछवि क्रियशनले आगामी दिनमा चलचित्र समेत निर्माण भर्ने बताए । उक्त कार्यक्रममा एल्वममा संग्रहीत के देखेर माया लायौं गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियो सम्पादक भरत रेग्मीको कामको सबैले खुलेरै प्रसंशा गरेका थिए । दिपज्योती थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने गीतलाई छायाँछवि क्रियशनले बजारमा ल्याएको छ । कार्यक्रममा कलाकार तथा गायक गायिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4