श्रावण २२ , कलिउड अपडेट ।
यहि श्रावण को २७ गते बाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्र “संरक्षण” प्रचार प्रसार लाई तिब्र पार्दै देश दौडाहामा निस्केको छ । चलचित्रका लागी प्रमुख कलाकार नायिका मलिना जोशी , आशिषमा नकर्मी लगायत प्रमुख कलाकार लिएर निर्देशक पुर्णेन्द्र झा सहित निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्केका छन् । आइतबार मोफसलको पहिलो पत्रकार सम्मेलन बिराटनगरको हिमालय टाकिजमा गरिएको थियो । दुई नायिका सहित मोफसल निक्लिएको चलचित्र “संरक्षण” युनिटले आइतबार नै ईटहरिको आई सिनेमामा पनि पत्रकार सम्मेलनको आयोजना गर्यो । युनिट ले पुर्ब देखि पश्चिमको मेजर शहरमा पत्रकार भेटघाट आयोजना गर्ने बताईएको छ ।
आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई जानकारी दिदै निर्देशक झा ले “जन आन्दोलन २०६२ ६३ पछीको देशको सामाजिक , राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा जहाँ पहाडी , मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक बिभेदलाइ चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस , प्रेश , पब्लिक , पावर र पोलिटिक्स मा कथा घुमेको छ । ”
पुर्णेन्द्र प्रोडक्सन्स , द्वारिका उदय प्रोडक्सन , श्रीबास्तव फिल्म्स तथा हेटौडा मुभी मेकर्स टिमको ब्यानरमा निर्मित नेपाली चलचित्र “सरंक्षण” श्रावण २७ गते बाट देशका करिब ७५ ओटा भन्दा बढी सिनेमा घरहरु बाट प्रदर्शनमा आउने निर्माण पक्षकाे दावी छ ।
निखिल उप्रेती , सौगात मल्ल रमेश रंजन झा , मलिना जोशी , अशिश्मा नकर्मी , प्रमोद अग्रहरी , कामेस्वर चौरसिया ,कृष्ण सिंह , रमेश बुढाथोकी , निर शाह , श्वेता शाह , नन्दु श्रीवास्तब , निर्देश श्रीवास्तब , राज कटुवाल तथा सुशान्त श्रेष्ठको प्रमुख अभिनयको रहेको छ । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन ,कविराज गहतराजको कोरियोग्राफर , र हिमाल केसीको द्वन्द रहेको छ । चलचित्र लाई एफ डी कम्पनि र बि के फिल्म्स र स्टेसन फाईबले वितरण गर्ने भएको छ ।