श्रावण १९ , कलिउड अपडेट ।
नेपाली दर्शकको लागि निर्माण गरीएको भनिएको चलचित्र सपना तिम्रो मेरो एक मसालेदार फिल्म हो । नेपाली दर्शको टेष्ट बुझेर चलचित्र निर्माण गरिएको चलचित्रका निर्माता एव निर्देशक ऋषिराज आचार्य बताउछन् ।
चलचित्रको टाइटलले एक लभस्टोरी फिल्म भएको बुझाउछ तर यो भित्र लभ र रोमान्स्को साथै एक्सन , सस्पेन्स पनि रहेको निर्माण पक्ष बुझाउछ । फाइटमा मात्र ७ लाख खर्चेको आचार्यको कथन छ ।
श्रावण २२ देखि प्रर्दशनमा आउने यो चलचित्र माथी सवैको नजर अडिएको छ । भुकम्प पछि लामो समय रोकिएको फिल्म क्षेत्रलाइ यहि चलचित्रले निरन्तरता दिदैछ । चलचित्रमा सबिन श्रेष्ठ , शुशान्त कार्कि , सुरजनि केसि , जान्वी बोहरा लगायतका कलाकारको अभिनय रहेको छ ।