चैत्र १७ , कलिउड अपडेट ।
नेपाली चलचित्रका दुइ चर्चित अनुहार निखिल उप्रेति र सौगात मल्ल लाइ एउटै पर्दामा संगै देख्न पाइने भएको छ । दुइ नायक एउटै पर्दामा चलचित्र संरक्षण मार्फत देखिन लागेका हुन् । चलचित्र संरक्षण अव श्रावण १३ गते बाट प्रर्दशनमा आउदैछ । राजनिति , राजनितिज्ञ , पत्रकारीता अनि क्राइमको कथालाइ प्रस्तुत गरिएको चलचित्र मा निखिल र सौगातको साथमा मलिना जोशि , आशिष्मा नकर्मि , कामेश्वर चौरासिया , प्रमोद अग्रहरी , निर शाह , रमेश रंजन झा लगायतका कलाकारको अभिनय रहेको छ ।
पुणेन्द्रु झाको निर्देशन रहेको यस चलचित्रलाइ प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । चलचित्रका गितमा परवेश मल्लिकको संगित , पुरुषोत्तम प्रधानको छायांकन , हिमाल केसिको एक्सन रहेको छ । चलचित्रले प्रेमगित २ संग प्रतिस्पर्धा गर्नु पर्नेछ । यसर्थ पनि निखिल र सौगात संग प्रेमगित नायक प्रदिप खड्का प्रतिस्पर्धा गर्नेछन् ।