कलिउड अपडेट ।
गायक सुरज पौडेलको आफ्नो पहिलो एकल एल्बम ‘मनको खुसि ‘ को ५ औ गीत’ सान्नानी ‘बोलको म्युजिक भिडियो आज जय सिनेमा टिभी मार्फत सार्वजनिक गरेका छन् |संगीतकार बिकाश चौधरीको संगीत सबिना केसीको शब्द रहेको गीतको एरेन्ज बिनोद भुजेलको रहेको गितमा सार्वजनिक गीतको भिडियोलाई चर्चित संचारकर्मी कुमार आचार्यको निर्देशन गरेका छन् गीतमा केवल भुजेल, प्रतिक्षा खड्का , चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ भिडियोको छायाँकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान, कलर मनिष गौतमको रहेको छ |
गायक सुरज पौडेलको स्वर रहेको छ |गायक पौडेल यस अघि गोलिले लागे झैँ, ठुमकाले ,मन पर्यो मन पर्यो , धेरै पछि जस्ता डान्स बिटका गीतको म्युजिक भिडियो सार्वजनिक गरी सकेका छन् गायक पौडेलको पहिलो एकल एल्बममा पाँच गीत समाबेस रहेको मा उनले आज सार्वजनिक भएको ‘सान्नानी ‘ बोलको गीत सगै एल्बमको सबै गीतको म्युजिक भिडियो निर्माण गर्ने कमै गायकहरुमा गायक पौडेल पनि परेका छन् | आज सार्वजिक भएको म्युजिक भिडियोलाई निर्देशक आचार्य आफुले बिगतमा निर्देशन गरेको भिडियो भन्दा अलिक फरक तरिका आफुले निर्देशन गरेको र यो भिडियोलाई दर्शकहरुले मन पाराउनेमा आफु आशाबादी रहेको जानकारी गराएका छन् |सार्वजिक म्युजिक भिडियोमा नायक केवलले तिन मोडलहरु संग निकै रोमान्टिक मोड देखिएका छन् गीतको प्रकृति अनुसार निकै सुहाएको देखन सकिन्छ हुनत यस अघि गायक पौडेलले नायक केवललाई आफ्नु पहिलो गीतमा नायिका शुष्मा कार्की संग पनि अभिनय गराई सकेका छन् र निर्देशक आचार्य संग गायक पौडेलले यस अघि आफ्नो २ गीतको म्युजिक भिडियो निर्देशन गराईसकेका छन् |निर्देशक आचार्य संग गायक पौडलले यो तेश्रो चोटी फेरी पनि निर्देशन जिम्मा दिएका हुन्