Like us on facebook

Advertisements

  • समर लभको फष्ट लुक सार्वजनिक , माघमा रिलिज

    कलिउड अपडेट ।
    युवा लेखक सुबिन भट्टराइको चर्चित उपन्यास समर लभको फिल्म भर्सन अव रिलिजको लागी तयार भएको छ । फिल्मलाइ मुस्काल ढकालले निर्देशन गरेका छन् । चलचित्र समर लभको फष्टलुक स्वरुप पोष्टर सार्वजनीक गर्दैै फिल्मको रिलिज मिति पनि तय गरिएको छ । फिल्म अब यहि माघ २५ बाट प्रर्दशन हुदैछ ।


    पोस्टरमा भने फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री देखिएका छन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् ।

    सुबिनको कथालाई चलचित्रको लागी संवाद सुबिन र सामीप्य राज तिमल्सिना मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् यस्तै स्वपन सरकार र मनोज बिक सहनिर्माता को रुपमा रहेका छन् । चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर का रुपमा रहेका रहेका छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रका सम्पादक अर्जुन जिसी हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4