फागुन ८ , कलिउड अपडेट ।
महानायक राजेश हमाल यतिबेला अलि बढि एक्साइडेड छन् किनकि उनको फिल्मी जिवनमा पहिलो पटक उनि नारीको रुपा चलचित्रमा देखा पर्दैछन् । दिनेश श्रेष्ठको निर्देशन रहेको चलचित्र सकुन्तलाको फष्टलुक स्वरुप चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा पनि हमालको नारी रुप नै देख्न सकिन्छ ।
श्रीप्सन खत्रिको प्रस्तुति एवं महेश्वर खत्रि र श्रीप्सा खत्रिको निर्माण रहेको चलचित्र सकुन्तलमा महानायक हमाल संगै किशोर खतिवडा , अनु शाह , स्मृती श्रेष्ठ , रबिन्द्र बस्नेत , रबि गिरि लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्र जेठ १४ बाट प्रर्दशनमा आउदैछ ।