Like us on facebook

Advertisements

  • जापानमा ५०० भन्दा बढि दर्शकले हेरे सायद २

    बैसाख ३१ , कलिउड अपडेट ।
    असार ३० लाइ नेपाल रिलिज तय गरिएको चलचित्र सायद २ को बिषेश शो जापानमा सम्पन्न भएको छ । जापानको लागि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल सहित करिव ५०० भन्दा बढि दर्शकले चलचित्र सायद २ हेरेको निर्माता सुनिल  रावलले कलिउड अपडेटलाइ जानकारी गराए ।


    चलचित्र सायद २ हेरि सके पछि कार्यबाहक राजदुत अर्यालले चलचित्र उत्कृष्ट भएको भन्दै सफलताको शुभकामना पनि व्यक्त गरेका थिए । यस्तै एन आर एन जापानका अध्यक्ष सुधन थापाले पनि यूवा पुस्ताको बास्तबिक कथा उठाएको बिषय आफूलाइ एकदमै मन परेको बताए ।
    यूवा पुस्तालाइ लक्षित गरि निर्माण गरिएको चलचित्र सायद २ को जापान शो को लागि निर्माण पक्षले जम्बो टोलि सहित जापान पुगेको थियो । निर्मात्री दुर्गिस थापा , निर्माता सुनिल रावल , नायक शुशिल सिटौला , सन्चारकर्मि श्याम अर्याल र सचित खड्का सहितको टोलि हाल जापानमा छ ।
    पुष्पराज न्यौपानको निर्देशनमा तयार चलचित्र सायद २ लाइ सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4