माघ १३ , कलिउड अपडेट ।
बारम्बार नेपाल रिलिज पोष्टपोण्ड भएको बहुप्रतिक्षित चलचित्र सायद २ को नेपाल रिलिज डेट सार्वजनिक गरिएको छ । चलचित्र अव २०७४ सालको असार ३० देखि प्रर्दशनमा आउदैछ ।
दुर्गिस फिल्मस्को व्यानरमा सुनिल रावलको चलचित्र सायद २ अव चाहि सर्दै सर्दैैन निर्माता रावलले जानकारी गराए । बिधार्थिको परिक्षा नपरेको समय तथा बिधार्थिलाइ पाएक पर्ने उचित समय हेर्दा असार ३० नै उचित लागेको कारण चलचित्र उक्त मितिमा रिलिज गर्न लागिएको उनको भनाइ छ ।
छोटो समयमा नै स्थापित व्यानर दुर्गिस फिल्मस्को व्यानरको यस चलचित्रले नेपाल रिलिज गर्नु पूर्व नै आफ्नो लगानि सुरक्षित गरिएको निर्माण पक्षको दाबि छ । पुष्पराज न्यौपाने को निर्देशन रहेको चलचित्र सायद २ मा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । चलचित्र मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ