Like us on facebook

Advertisements

  • फेसबुकमा यसरि पोखियो सायद २

    असार ५ , कलिउड अपडेट ।
    असार ३० गते बाट प्रर्दशनमा आउने चलचित्र सायद २ लाइ दर्शकले कति पर्खिरहेका छन् भन्ने कुरा अहिले फेसबुक हेरे पुग्छ । केहि दिन अघि आफ्नो प्रोफाइल फोटो बाट चलचित्रको पोष्टर बनाउने सिस्टम सायद २ को निर्माण यूनिटले ल्याएको थियो । उक्त सिस्टम बाट आफ्नो फोटोलाइ सायद २ को पोष्टर बनाइ फोटो शेयर गर्नेको संख्या भने ठूलो छ ।

    झन् चलचित्रको निर्माण यूनिटले सायद २ को नाम सहितको फोटो प्रोफाइन पिक्चर्स बनाए २ जोडिलाइ पोखरा भ्रमणको व्यवस्था गरिदिने योजना पनि ल्याएको छ । सायद त्यहि भएर पनि होला अहिले फेसबुक हेर्दा लाग्छ फेसबुकमा सायद २ नै पोखिएको छ ।
    पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र सायद २ दुर्गिस फिल्मस्को व्यानरमा निर्माण भएको चौथो चलचित्र हो । चलचित्रमा शुशिल श्रेष्ठ , स्यारोन श्रेष्ठ , निशा कार्कि , अमृत ढुंगाना , कुशल पाण्डे , सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको छ ।
    यस अघि हङकङ र जापानमा भएको प्रिमियर बाट चलचित्रले उत्कृष्ट प्रतिकृया पाइसकेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4