Like us on facebook

Advertisements

  • हङकङ मा सायद २, भव्य प्रिमियरको तयारी पुरा

    पुस १६ , कलिउड अपडेट ।
    चलचित्र सायद २ को भव्य प्रिमियर शो को सम्पूर्ण तयारी सकिएको निर्माता सुनिल रावलले जानकारी गराएका छन् । प्रिमियरको लागि सुनिल रावल र प्रस्तुतकर्ता दुर्गिस थापा हङकङ पुगिसकेका छन् । सायद २ को पहिलो शो नै हङकङ मा हुने भएको हो । नेपाल रिलिज भने जेठमा हुने निर्माता रावलले जानकारी दिए ।


    जनवरी २ तारिखमा येउ मा तेइ कम्यूनिटि हलमा सायद २ को प्रिमियर हुदैछ । हङकङको तर्फ बाट प्रवेश गुरुङले प्रिमियर शो आयोजना गरेका हुन् । ७०० सिट भएको हलमा हुने प्रिमियर शो को लागी ६०० भन्दा बढि टिकट बिक्रि भइसकेको बताइएको छ ।
    पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र सायद २ लाइ सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् । चलचित्रमा शुशिल श्रेष्ठ ,सारोन श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , शुसिल सिटौला , निशा कार्कि , रुबिना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4