पुस १९, कलिउड अपडेट ।
चलचित्र सायद २ को सोमबार हङकङमा प्रिमियर शो सम्पन्न भयो । हङकङको तर्फ बाट प्रवेश गुरुङ आयोजक रहेको उक्त प्रिमियर शो मा करिव ४०० भन्दा बढि दर्शकले चलचित्र हेरेका निर्माता सुनिल रावलले जानकारी दिएका छन् ।
जेठमा नेपाल रिलिज हुने यो चलचित्र नेपाल रिलिज अघि बिभिन्न देशमा शो बुक भइसकेको छ । जापान , अष्ट्रेलियाको लागि सायद २ को शो तय भइ सकेको बताइएको छ ।
हङकङ प्रिमियरमा चलचित्रले उत्कृष्ट प्रतिकृया पाएको चलचित्रकि प्रस्तुतकर्ता दुर्गिस थापाले कलिउड अपडेट लाइ जानकारी दिइन् भने निर्माता सुनिल रावल चलचित्र हेरि सकेपछि दर्शकले दिएको प्रतिकृया बाट अझ हौसला पाएको बताएका छन् ।
पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र सायद २ लाइ सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् । चलचित्रमा शुशिल श्रेष्ठ ,सारोन श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , शुसिल सिटौला , निशा कार्कि , रुबिना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।