Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • रुमालै छ चिनो’को अर्को गीत , जसले तपाइलाइ भाबुक बनाउछ (भिडियो)

    कलिउड अपडेट , काठमाण्डौ ।
    फागुन १० देखि प्रदशनमा आउने चलचित्र ‘रुमालै छ चिनो’को ‘आमा नबस्नु पर्खेर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।लोकशैलीको यस गीतमा शुशान्त कार्की फिचरिङ छन् भने उनि संगै संचिता लुइटेल,किशोर खतिवडा पनि देखिएका छन्।युद्दमा सहभागी सिपाहीले घरपरिवारलाई सम्झिदाको पिडा देखाउन खोजिएको यस गीतमा बिरही कार्कीले स्वर दिएका छन्।

    नेपाली लाउरेहरुको कथा बोल्ने यस फिल्ममा  नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन ।यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो।कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो। जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो।
    चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा , संचिता लुइँटेल , सुशान्त कार्की , अफ्शाना थापा , रश्मी भट्ट , मिथिला शर्मा , सुरबीर पण्डित , लक्षमण बिक्रम बस्नेत , सुरज महरा , सन्ध्या खड्का,अमृता पाण्डे,शान्ति श्रेष्ठ  लगायतका कलाकारहरुको अभिनय रहेको छ। ज्याेती  फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब खड्का,दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् ।यस चलचित्रलाई दिनेश सिंह ठकुरीले  निर्देशन गरेका हुन् ।
    हेर्नुहोस भिडियो

    Share the News

    Related News

    Adverstisements


  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4