Like us on facebook

Advertisements

  • एकहप्ता अघिनै ‘रुद्र’ , यस्तो छ पोष्टर

    जेठ २९ , कलिउड अपडेट ।
    निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार फिल्म ‘रुद्र’को रिलिज हेरफेर भएको छ । यसअघि श्रावण २० लाई प्रदर्शन मिति तय गरेको फिल्म अब एक हप्ता पहिले नै अर्थात श्रावण १३ मा रिलिज हुनेछ । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आधिकारिक नयाँ रिलिज घोषणा गरियो । 
    निर्देशक रामजी लामिछानेले कारणबस फिल्मको रिलिज एक हप्ता अघि सरेको बताए तर कारण खुलाउन चाहेनन् । तर यसको पछाडी वलिउड स्टार शाहरुख खान अभिनित फिल्म आउनुलाई मानिएको छ । श्रावण २० अर्थात अगष्ट ४ मा शाहरुख र अनुष्का शर्मा स्टारर फिल्म ‘जब ह्यारी मिट सेजल’ ले रिलिज मिति तोकिसकेको छ ।
    फिल्म ‘रुद्र’मा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेति पहिलो पटक भिलेन (खलपात्र)को भुमिकामा प्रस्तुत छन् । सार्वजनिक फर्स्टलुक पोस्टरमा इनि निखिलको एङ्ग्री’ लुक्स समावेश छ भने मुख्य कलाकार रहेका डेब्यू अभिनेता अभिनेत्री द्वय विश्व र सारालाई प्रेमभावमा देख्न सकिन्छ । पोस्टरमा निखिललाई भिलेन अबतारमा प्रस्तुत गरेका निर्देशक लामिछानेले खलनायकको प्रसङ्ग जोड्दै ‘रावणको लागी राम, रामको लागी रावण, दुबै एक अर्काका लागी खलनायक हुन’ स्लोगन लेखेका छन् ।
    हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई ‘लभ स्टोरी प्लस एक्सन’ जनरामा लिइएको छ । फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ । सौरभ लामाले ‘रुद्र’को क्यामेरा चलाएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4