मंसिर २४ , कलिउड अपडेट ।
केहि सफल चलचित्र तथा तितो सत्य हास्य टेलिसिरियल मा अभिनय गरेका कलाकार आर पि
भट्टराई को निधन भएको छ ।
तितो सत्यको तोते बोल्ने क्यारेक्टर लादालाम बाट उनि चर्चित थिए । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए । बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए ।४२ बर्षका आरपी प्रेेसर र सुगर रोगबाट पीडित थिए । उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए ।