कलिउड अपडेट , काठमाण्डौ ।
निर्माता एव नायक हसन राजा खानको चलचित्र रोमियोको बाबरी बोलको गित सार्वजनिक गरिएको छ । नायक हसन राजा खान र निशा अधिकारी फिचरिङ यस गितमा सन्तोष लामा र मेलिना राइको आवाज रहेको छ । मुकेश राइको शव्द मा तयार यस गितलाइ ताराप्रकाश लिम्बुले संगित भरेका हुन् । सार्वजनिक गित छायांकन गरिएको लोकेशन निकै रोमान्चक र लोभलाग्दा छन् । सिनेमाटोग्राफर रामेश्वर कार्किको काम प्रशंशनिय छ ।
एच आर के प्रोडक्सनको व्यानरमा निर्माण चलचित्र रोमियोलाइ शंकर कार्किले निर्देशन गरेका हुन् । हेरौ रोमियोको बाबरी गित ।
२०७३ फागुन ५ मा प्रकाशित ।