भाद्र १२ , कलिउड अपडेट ।
चलचित्र सपना तिम्रो मेरो रिलिज बाट हौसिएका निर्देशक ऋषिराज आचार्य अर्को फिल्मको तयारीमा लागेका छन् । उनले अहिले नै चलचित्रको नाम भने खुलाउन चाहेनन् तर पनि फिल्मको नाम सुन्दा कमेडि जस्तो लागे पनि अव बन्ने फिल्मले फरक बिषयबस्तु उठाउने उनले बताएका छन् ।
चलचित्र सपना तिम्रो मेरो आफै निर्माण गरेका आचार्य फिल्म नाफामा गए पछि अर्को फिल्मको तयारीमा लागेका हुन् । चलचित्र का लागि चाहिने केहि नयाँ अनुहारको खोजि भइरहेको उनि बताउछन् । अव बन्ने फिल्ममा नया तथा स्थापित कलाकार समाबेश हुने जानकारी गराएका छन् ।