Like us on facebook

Advertisements

  • पूर्ब प्रधानमन्त्रि कोइराला को निधन,राजनितिले हलिउडको हिरो बन्न दिएन

    माघ २६ , कलिउड अपडेट ।
    नेपाली चलचित्र र कलाक्षेत्रलाइ सदैव सम्मान गर्ने नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्रि शुशिल कोइरालाको गए राति १२ बजेर ५० मिनेटमा आफ्नै निवासमा निधन भएको छ ।
    sushil koirala
    सानै देखि कलाकारीता मा रुचि भएका पूर्वप्रधानमन्त्रि शुशिल कोइराला राजनितिमा आउनु अघि फिल्मको हिरो बन्न चाहन्थे , त्यो पनि हलिउड को । त्यहि भएर उनले बि स २०१६ साल भन्दा अघि नै बनारसमा नृत्य र फोटोग्राफि को प्रशिक्षण पनि लिएका थिए । हिरो बन्नु उनको बचपनको ठूलो सपना थिए । नेपाली कांग्रेसका एक सामान्य कार्यकर्ता कोइराला को हिरो बन्ने सपना त्यतिबेला तुहियो जव तत्कालिन राजा महेन्द्रले बि स २०१७ साल पुस १ गते जननिर्बाचित सरकारलाइ बिधटन गरि निर्दलिय पन्चायति व्यवस्था थाले पछि उनको हलिउडको हिरो बन्ने सपना पनि रोकिएको थियो ।
    हलिउड प्रवेशको लािग उनले अमेरीकाको भिसा पनि लगाइसकेका थिए । तर परिवर्तित राजनितिले उनलाइ बिदेश जान प्रतिवन्ध लगाइयो । यदि महेन्द्रले २ महिना पछि मात्र कु गरेका थिए भने शुशिल कोइराला हलिउडका हिरो भइ सक्ने थिए । पारिवारिक श्रोतका अनुसार उनि देशको प्रधानमन्त्रि हुँदा पनि  समकालिन हलिउड तथा  बलिउडका कलाकारका फिल्महरु राति अवेर सम्म हेर्ने गर्थे रे ।
    रंगमन्च र फोटोग्राफि भने पछि हुरुक्कै हुने उनि अव हामि माझ छैनन् । कलाकारीताको यात्रा लाइ बिट मारेर उनि सक्रिय राजनितिमा लागेर प्रधानमन्त्रिको कुर्सि सम्म पुगी देश र देशबासिको हितमा अतुलनिय योगदान दिएका छन् । उनको निधनले देशले एक असल अभिभावक गुमाएको छ । मृतात्माको चिर शान्तिको कामना गर्दै कलिउड अपडेट डट कम हार्दिक समबेदना प्रकट गर्दछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4