Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • बरिष्ठ कलाकार बिएस राणाको निधन

    कलिउड अपडेट , काठमाण्डौ ।

    बरिष्ठ कलाकार बिएस राणाको ७८ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । स्वास प्रश्वास सम्वन्धि समस्या आए पछि राणा केहि दिन अघि टिचिङ अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । सन् १९९९ साउनमा नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका राणालाइ कुनै समय नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो । उनले १२ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।


    राणाले अभिनय गरेका फिल्महरुमा अन्याय कोशेली , चिनो , दक्षिणा , दुइ थोपा आँशु , नेपाली बाबुु, करोडपति, अपराध, माया त माया हो , वसन्ती, देश, कसले चोर्‍यो मेरो मन, सेतो बाघ ,लगायतका फिल्मले चर्चाको शिखरमा पुर्याएको थियो । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4