Like us on facebook

Advertisements

  • को ठिक छ दिपाश्री कि ऋचा ? आयो ऋचाको यस्तो प्रतिकृया

    मंसिर ११ , कलिउड अपडेट ।
    यतिबेला सिनेनगरिमा नायीका ऋचा शर्माको बिचार प्रति पक्ष र बिपक्ष भएर बहस राम्रै संग चलिरहेको छ । केहि दिन अघि नेपालकै एक शिक्षित नायीका ऋचा शर्माले छक्का पन्जा २ हेरेर तालि पिट्ने दर्शक मुर्ख भएको प्रतिकृया दिए पछि चलचित्रकर्मि दुइ भागमा बिभाजित भइ एक अर्काको बिरोध गरिरहेका छन् ।


    ऋचा शर्माले फिल्ममा महिलालाइ निकै होच्याएर कथा प्रस्तुत गरिएको र हरेक दिन श्रीमति पिट्न पाउनु पर्छ भनि राखिएको संबादमा दर्शक तालि पिटिरहँदा ति दर्शकलाइ उनले मुर्ख भनेकि हुन् । एक महिला निर्देशकले नै बनाएको फिल्ममा महिलालाइ नै निच देखाउने खालका संवाद र दृष्य राखिनु र ति दृष्यमा दर्शक हास्नु , तालि पिटेको देखे पछि उक्त कुराले ऋचालाइ घोचेको थियो ।
    ऋचाले फिल्म हेर्दै गर्दापनि निर्देशक दिपाश्री निरौलालाइ यो के हो भनि प्रश्न पनि गरेको उनले बताएकि छिन् । ऋचाको यस्तो प्रतिकृया पछि दिपकराज गिरि , दिपाश्री निरौला , प्रियंका कार्कि , गौरव पहारि जस्ता कलाकारले उनलाइ गेट वेल सुन समेत भनेका छन् । उनिहरुले स्टाटस मार्फत यस्तो लेखेका छन् ।


    यस्को जवाफमा ऋचा शर्माले पनि आफ्ना कुराहरु यसरी राखेकि छिन् ।

    चलचित्र समाजचित्रण गर्ने माध्यम हो , चलचित्रले समाजलाइ सहि दिशा तर्फ अगाडि बढाउन एउटा पुलको काम गर्नुपर्छ तर बिजनेशमात्र हेर्दै फिल्म बनाउने र त्यसको प्रभाव समाजमा कसरी पर्छ भनेर नसोच्ने फिल्ममेकर ले के समाजलाइ सहि दिशा तर्फ अगाडि बढाउन सक्लान् , यस्तै बिषयमा आवाज उठाउदा ऋचा बिना कारण बिबादमा तानिएकि छिन् । अव दर्शकको पालो यो बिषयमा दिपाश्री ठिक या ऋचा ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4