कलिउड अपडेट , काठमाण्डौ ।
यतिबेला चलचित्र छक्का पन्जाले बम्पर बिजनेश गरिरहेको छ । राजधानि तथा राजधानि बाहिरका सवै हल हाउसफूल भएका छन् । कमेडियनहरुको जम्बो टोलिलाइ दर्शकले रुचाएका छन् । टेलिभिजनमा कम देखिन थालेका हास्यकलाकारलाइ ठूलो पर्दामा हेर्नकै लागी भए पनि दर्शक हल सम्म तानिदै छन् ।
चलचित्रले उठाएको कथाबस्तु र प्रस्तुतिनै चलचित्रको मुख्य हतियार हो । दिपा श्री निरौलाको निर्देशनमा तयार यो चलचित्रमा दिपक राज गिरी , प्रियंका कार्कि , केदार घिमिरे , जितु नेपाल , बुद्धि तामाङ , शिवहरी पौडेल लगायतका हास्य कलाकारको अभिनय रहेको छ । चलचित्रमा नायक आर्यन सिग्लेलको पनि मुख्य भुमिका रहेको छ । आर्यनलाइ रिलिज अघि निर्माण यूनिटले लुकाएको थियो । हेरौ छक्का पन्जाको यो समिक्षा भिडियो ।