Like us on facebook

Advertisements

  • फिल्म बनाउन र खेल्न धमाधम फर्कदैछन् अमेरीका छिरेका फिल्ममेकर

    कलिउड अपडेट ।  नेपाली फिल्म मेकर तथा कलाकार केहि बर्ष अमेरीकामा बसे पछि फिल्म निर्माण तथा अभिनयमा नेपाल फर्कनै कं्रम अहिले बढ्दो छ । पहिले पहिले फिल्म बाट नै जिवन चलाउन तथा एक प्रकारको स्टान्डर्ड लाइफ बिताउन मुस्किल देखे पछि धेरै कलाकार , तथा निर्माता निर्देशक अमेरीका भासिएका थिए तर अहिले नेपाली फिल्मको मार्केट फराकिलो भएको छ । व्यक्तिगत रुपमा तथा सस्थागत रुपमा बिभिन्न देशमा फिल्म रिलिज हुन थाले पछि राम्रो फिल्म बनाउने निर्माताले सजिलै नाफा निकाल्न सक्ने भएका छन् । यसर्थ पनि फिल्ममा लगानि गर्ने व्यक्तिहरुको संख्या बढिरहेको छ ।


    नेपाली फिल्मको सुध्रदो अवस्था देखेर बिदेशिएका कलाकार तथा फिल्म मेकर पुन नेपाली चलचित्रमा फकिएका छन् । लामो समय अमेरीकामा बसे पछि कलाकार सरोज खनाल नेपाल आए अहिले उनि सबै भन्दा व्यस्त कलाकार बनेका छन् । यस्तै करिब ८ बर्ष अमेरीकामा बसे पछि नायक रमेश उप्रेती नेपाल फर्किए र चलचित्र ऐश्वर्य निर्माण गरे , चलचित्र सफल भयो ।
    यस्तै अमेरीकामा नै पढेका र उतै बस्दै आएका निर्माता निर्देशक एभरेष्ट सुर्य बोहरा पनि नेपाल आएर फिल्म बनाउदै आएका छन् उनको निर्माण रहेको चलचित्र भैरे प्रर्दशनको क्रममा छन् ।
    नायक बिक्रान्त बस्नेत पनि लामो समय अमेरीका बसाइ पछि पुन नेपाल फर्किएर अभिनयलाइ निरन्तरता दिएका छन् । अमेरीकामा नै बस्दै आएका निर्माता एव कलाकार अनिल पाण्डे पनि फिल्म निर्माणमा अग्रसर भएका छन् । उनको निर्माण रहेको चलचित्र चि मुसि चि श्रावण ११ बाट प्रर्दशन हुदैछ ।
    बिदेशि फिल्म र बजार बुझेर नेपाल आएर फिल्म बनाउनु पक्कै पनि राम्रो पक्ष हो । फिल्म निर्माण संगै फिल्मको बजारलाइ अन्तराष्ट्रिय बजार लाइ सहजता बनाउन बिदेश बस्ने नेपाली फिल्ममेकरले कोशिश गरे सुनमा सुगन्ध हुने थियो कि ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4