Like us on facebook

Advertisements

  • कोठे अवार्डको लागि अव देखि फिल्म दिन्न : रेखा थापा

    rekha_thapa_blue_thinking
    कलिउड अपडेट , काठमाण्डौ ।
    नेपालमा हुने कुनै पनि फिल्म अवार्डको प्रतिस्पर्धाको लागि रेखा थापाले फिल्म नदिने घोषणा गरेकि छिन् । आफन्त , चिनजान , सोर्स फोर्स का आधारमा अवार्ड दिने भन्दै रेखाले यस्तो घोषणा गरेकि हुन् । बर्षका सर्वाधिक फिल्महरु अवार्डमा भाग नगराइ सच्चा कलाकार , निर्माता , निर्देशक र प्राबिधिकहरुलाइ अपमान गरी अवार्ड बितरण गर्ने संघ सस्थाले प्रदान गर्ने कोठे अवार्डलाइ रेखा फिल्मस्ले अव उप्रान्त सदैव बहिस्कार गर्ने फेसबुकमा स्टाटस लेख्दै रेखाले बताएकि छिन् ।

    रेखाको स्टाटस हुवहु यस्तो छ ।

    रेखा फिल्म्स बाट निर्मित सिनेमाले कुनै पनि अवार्ड कार्यक्रमहरु मा भाग नलिने :
    नेपाली सिनेमा जगत मा धेरै नै अवार्ड कार्येक्रमहरु हुदै आइरहेका छन् र यस्तो प्रकार को कार्यक्रमहरु ले कलाकारहरु लाई ठुलै मनोबल पनि प्रदान गर्छ। तर नेपाल मा भने चाहि चिनजान , आफन्त र सोर्स फोर्स मा अवार्ड दिने परम्परा व्यापक भएको हुदा तेस्तो प्रकार को अवार्ड को कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्स ले अब उप्रान्त आफनु फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरु लाई प्रतिस्पर्धा को निम्ति प्रदान नगर्ने कुरा को सार्बजनिक जानकारी गराउन चाहन्छु।
    वर्ष का सर्बाधिक हिट सिनेमाहरु प्रतिस्पर्धा मा नआउनु अनि आयोजक ले आफनो मन परि तबर ले अवार्ड बितरण गरिनु ले सच्चा कलाकार, निर्माता , निर्देसक तथा प्राबिधिक को अपमान गरेको हुन्छ तेसैले म नायिका तथा निर्माता रेखा थापा तथा रेखा फिल्म्स यस्ता प्रकार का कुनै पनि कोठे अवार्ड हरु को बहिस्कार गर्दै अवार्ड वितरक सस्थाहरु लाई काम को आधार मा अवार्ड बितरण गर्नु हुन समेत अनुरोध गर्दछु।
    मेरो सुभ चिन्तक तथा प्र्संसक हरु को लागि रेखा फिल्म्स ले निरन्तर सिनेमा निर्माण गरि नै रहने छ। रेखा फिम्ल्स नेपाली दर्सक बाट प्राप्त समर्थन र साथ लाई नै सबै भन्दा ठुलो अनि उपलब्धि मुलक अवार्ड हो भन्ने कुरा मा सदैब बिस्वाश राख्दछ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4