Like us on facebook

Advertisements

  • भुटानी शरणार्थिको सक्रियतामा अमेरीकामा ‘रिफ्युजी’

    फागुन १४ , कलिउड अपडेट ।
    अमेरीकामा भुटानि शरणार्थिहरुकै सक्रियतामा चलचित्र रिफ्यूजिका दर्जनौ शो हुने भएको छ । नेपाल बाट अमेरीका पुगेका भुटानि शरणार्थिहरुले आफ्नै कथामा बनेको चलचित्रलाइ असाध्यै माया गरेको निर्देशक उदय सुव्वाले बताएका छन् । अमेरीकामा चलचित्रका शो को व्यवस्थापन भने चलचित्रकै एक निर्माता मनोज राइले गरेका हुन् ।
    12767637_854953477963751_1463471423_n
    चलचित्र लिएर निर्देशक उदय सुव्वा केहि दिन अघि मात्र अमेरीका पुगेका थिए । नायक जिवन लुइटेल अमेरीकामा नै भएको समयमा २ शो देखाइएको थियो । अमेरीकाको हरेक शहरमा बस्ने नेपाली माझ चलचित्र रिफ्यूजि पुर्याउने लक्ष्य राखिएको निर्देशक सव्वा बताउछन् ।

    आफूले भोगेको घटना लाइ प्रत्यक्ष पर्दामा देख्न पाउदा अधिकांश शरणार्थिहरुका आँखा बाट आँशु झरेको बताइएको छ । अमेरीका पुगे पनि झापाको सम्झनाले धेरै व्यक्ति भक्कानिएको निर्देशक सुव्वाले कलिउड अपडेट लाइ बताएका छन् । चलचित्रमा जिवन लुइटेल संगै रिस्ता बस्नेत , अशोक शर्मा , उदय सुव्वा लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4