काठमाण्डौ ।
आर बि खड्का पिता कृष्ण बहादुर र माता नर माया खड्का का कोख बाट सन १९८३ सालामा जन्मनु भएको । खड्का को जन्म भुटानको सर्बाङ्ग जिल्लामा भएको हो । सालिन अनि शान्त सोभाव भएका खड्का लेखानमा निकै रुची रख्ने गर्दछन । भाषा र साहित्यको माध्यम बाट मात्र आफ्नो पहिचाहन जोगाउन सकिन्छ भन्ने मान्यता राख्दछन । त्यती मात्र नभै भाषाकै माध्यमबाट आत्मा बोल्न सक्छ पनि भन्छन खड्का । साहित्यमा मात्र नभै गीत संगीत मा पनि उतिकै अब्बल मानिने खड्काको शिक्षा बिबिएस सम्म रहेको छ । उनी साहित्यिक मन्च श्रस्टा संगममा पनि आबद्धा छन । उनी आज भोली नेपाली सांगीतिक आकाशमा पनि त्यतिकै चम्किरहेका छन । उनको पहिलो गीती एल्बम ूतिम्रो तस्बिर्ू बाट खड्का नेपाली गीत संगीत मा उदाएका हुन भने केहि फुट्कर म्युजिक भिडियो पनि बजारमा सार्वजनिक गरेका छन । खड्का संगको पहिलो भेटमा उनको कृती तिम्रो तस्बिर नामक गीती एल्बम उपहार स्वरुप प्राप्त गर्ने अवसर मिल्यो । त्यस पछी ती गीत हरुलाई धेरै पटक सुन्ने पलहरु पाएँ । जती सुन्यो त्यती सुनौ लाग्ने ती संगीतमय जादुले भरिएका शब्दहरु सुनेर कहिले थाकिन, त्यसैले त आज त्यो एल्बमको बारेमा केहि नलेखी बस्न सकिन ।
तिम्रो तस्बिर एउटा गीती एल्बम हो । यसमा जम्मा आठ वटा गीत समवेश गरिएको छ । यस एल्बमका एकल रचनाकार हुन आर बि खड्का । अर्जुन रसाईलीले एकल संगीत भरेको यो गीती एल्बम एउटा सदाबार कृतिको रुपमा प्रकासित भएको पाएँ । पहिलो शिर्षा गीत तिम्रो तस्बिर निकै प्रतिकात्मक रहेको छ । सुन्दा माया पिरतिका शब्द लाग्ने भएता पनि हरेक शब्दहरुले लाक्षणिक अर्थ बोकेको पाइन्छ । देश प्रेम , मातृवात्श्ल्य जस्ता भावनाहरुको आभास हुने गर्दछ त्यो गीत सुन्दा भने दोस्रो गीत ू यसपाली कान्छीू ले भने चुर्लुम्म माया पिरतीमा डुबाएर छम्छमी नचाउने गीत बनेको छ । तेस्रो गीत ूआज पनि यस्तै भयोू ले बिगतलाई वर्तमानमा झल्झली बनाई दिने अनि इतिहासले आदर्श जिवनमा घरी घरी प्रभाव पार्छ भन्ने एक लाक्षणिक अर्थ प्रसस्तै बोकेको पाईन्छ । यसै गरी चौथो गीत ू आँखा राम्रो भनौ कि मू ले जिवन दर्शन , माया पिरती अनि हेरेक ब्याक्तीको दृष्टी र हेराईले एक एक वस्तुलाई प्रभाव पर्न सक्दछ भन्ने कुरा जीवन्त बोलेको छ । ूतिमीले सल्कायौ मनमा आगोू बोलको पाचौं गीतले धोका के होरु र त्यसले दिने चोट एउटा मानिसको जिवनमा कती घातक हुन्छ, अनि अस्थिर मनको परिणामले जिवन कती असफल हुन्छ भन्ने तथ्यलाई प्रष्ट पारेको छ । छैटौं गीत ूतिमी संग मनका कुराू ले मानिस सधै एक अर्काको सहारा खोजी रहेको हुन्छ अनि उस्ले आफु संग नजिक पाएको मान्छे संग हरेक तिता मिठा कुरा भन्न आतुर हुन्छ भन्ने भाव प्रष्ट बोकेको पाईन्छ चाहे त्यो माया पिरितिका कुरा हुन वा जिवन आदर्शका कुरा हुन । जब त्यो संयोग मिल्छ अनि उसले आत्मा सन्तुष्टी प्राप्त गर्छ भन्ने लाक्षणिक भाव बोकेको पाईन्छ । ूपत्थर मुटु बनाएरू बोलको सातौं गीतले बिभिन्न स्वभावका मानिस हरुको प्रतिकात्मक चित्रण गरेको पाईन्छ । जिवनमा धेरै विश्वास गरेको मान्छेले पनि कठोर मन अनि मुटु बनाई दिँदाको पिडा कस्तो हुन सक्छ र त्यस्को प्रभाव कुन हद सम्म हुन सक्छ भन्ने भावर्थ बोकेको छ र हरेक मनिसहरु फरक फरक स्वभावका हुन्छन भन्ने तथ्यलाई पनि प्रष्ट पारेको देखिन्छ । अन्तिम वा आठौं गीत ू युगौं युगू बोलको गीतले मानिसको ईच्छा युगौं युग सम्म जिवन्त रहने हुन्छ यद्दपी जिवन भोगाईको क्रममा कहिले काही उतरचडाप भने पक्कै हुन्छन । तर त्यस्ता अवस्थालाई सामना गर्दै जाने हो भने जिवनमा चाहे माया पिरतिका कुरा हुन वा जिवन दर्शनका कुरा हुन सफलता भने अवश्य मिल्छ भन्ने अब्बल अठोट रहेको पाइन्छ ।
समग्रमा यो एल्बमलाई अध्यान गर्दा निकै गहकिलो र अर्थपूर्ण कृतिको रुपमा लिन सकिन्छ । यसमा समावेश भएका गायक गायिकाहरुलाई शब्द र संगीतले निकै सुहाएको पाइन्छ । आगामी दिनहरुमा आर बि खड्काले शब्द चयनलाई अझै सरल ढंगले लाने हो र समय सान्दार्भिक विषयवस्तुलाई उठान गर्ने हो भने उनी गीत संगीत र नेपाली साहित्य जगतका एक अब्बल नक्षेत्रको रुपमा स्थापित हुने कुरामा कुनै दुइमत नहुने कुरामा म ढुक्क छु । साहित्यिक सफलताको लागी आर बि खड्कालाई अग्रीम शुभकामना ।