सन्चारकर्मि एवं गितकार पुरुषोत्तम बस्नेतको तेश्रो एल्वम रासुम को आइतबार राजधानिमा बिमोचन गरिएको छ । प्रजुशा र प्रभावको एल्वमको बरिष्ठ गितकार कृष्णहरी बराल र नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सभासद् प्रकाश शरण महतको हात बाट एल्वमको बिमोचन गरिएको हो । एल्वममा ५ वटा गित समावेश गरिएको छ । राजेश पायल राइ , शशि रावल , दिनेश गौतम , मिलन अमात्य , सन्दिप कार्किको आवाज मा रहेको गितमा अबिद , पुष्तक प्रसाद , सन्दिप कार्कि र शशि रावलको संगित सुन्न सकिने छ ।
छोरिको नाम बाट प्रजुशा एल्वम , छोराको नाम बाट प्रभाव एल्वम निकालेका गितकार बस्नेतले यस पटक आमा बुबा र श्रीमतिको पहिलो अक्षर राखि रासुम एल्वम राखेका हुन् । आफ्नो जन्मदिन पारेर उनले हरेक बर्ष एल्वम निकाल्दै आएका छन् । कार्यक्रममा बोल्दै बस्नेतले अव दुइ बर्ष पछि मात्र अर्को एल्वम बजारमा ल्याउने बताए ।
सो कार्यक्रममा एल्वममा समावेश एक गितको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।