जेठ १ , कलिउड अपडेट ।
बिगत ४ बर्ष देखि नबिकरण नभएको र खारेजीको प्रकृया निर्माता संघ पुगेको भन्दै असन्तुष्ट पक्षले नयाँ निर्माता संघ खोल्ने तयारीमा जुटेको छ । नयाँ खोल्न लागिएको सस्थाको नाम राष्ट्रिय चलचित्र निर्माता संघ राखिने भएको छ ।
नवल खड्का को अध्यक्षतामा १७ सदस्यिय तदर्थ समिति गठन गरी सस्था दर्ता गराउने प्रकृया अघि बढिसकेको छ । निर्माता संघले हिसाव किताव हिनामिना गर्यो भन्दै नवल खड्का बारम्बार आवाज उठाउदै आएका पनि थिए ।
नयाँ निर्माता संघ खोल्ने कुरा आए पछि यसको बिरोधमा केहि निर्माताहरु ले आफ्ना स्टाटस र कमेन्ट मार्फत सामाजिक सन्जालमा रिस पोखेका पनि छन् ।