Like us on facebook

Advertisements

  • बर्षौ देखिकाे कुण्ठित चाहना पुरा भएको रमेश उप्रेतीको स्विकार

    कार्तिक १४ , कलिउड अपडेट ।
    यतिबेला हलहलमा चलचित्र ‘ऐश्वर्य’ प्रर्दशन भइरहेको छ । चलचित्र ‘ऐश्वर्य’ ले दर्शकको मन जितेर राम्रो व्यापार पनि गरिरहेको छ । लामो समय देखि एउटै नाम ‘ऐश्वर्य’को लागी रातदिन दौडधुप गरेका नायक एवं प्रस्तुतकर्ता रमेश उप्रेतीको दौडधुप अझै सकिएको छैन ।

    कार्तिक ८ गते सम्म फिल्मलाइ हल सम्म पुर्याउन उनि दौडधुप गरिरहेका थिए भने अहिले आफू हल सम्म पुग्न दौडधुप गरिरहेका छन् ।
    फिल्मको व्यापार भन्दा पनि दर्शकको माया , दर्शकको प्रतिकृया प्रति उनको बढि ध्यान गइरहेको छ । कहिले सुपरहिटको स्वाद त कहिले सुपर फ्लपको स्वाद चाखेका उप्रेतीले हिटको स्वाद नचाखेको एक दशक भन्दा बढि भइसकेको थियो ।
    कलिउड अपडेट संग कुरा गर्दै नायक रमेश उप्रेती बर्षौ बर्ष गुम्सिएर रहेको एक कुण्ठित चाहना ‘ऐश्वर्य’ बाट पुरा गरेको खुलाएका छन् ।
    दर्शकको वाहवाहि , दर्शकको तालि , दर्शक संगको एट्याच्मेन्ट र दर्शकको माया पाउनु उनको ठूलो चाहना रहेको खुलाएका छन् ।
    ऐश्वर्यलाइ दर्शकले दिनु भएको साथले थप जिम्मेबारी बढेको महसुस गर्दै आगामि दिनमा थप उत्कृष्ट फिल्म निर्माण गर्ने उनले बाचा पनि गरेका छन्

    चलचित्र ऐश्वर्यमा रमेश उप्रेतीको साथमा केकी अधिकारी , दिपिका प्रसाइ , प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका हुन् भने चलचित्रमा किरण उप्रेती राणा , अर्जुन श्रेष्ठ , निर्मल शर्माको लगानि रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4