Like us on facebook

Advertisements

  • ” मैले गरेका कार्यको मात्र मुल्याङकन गरिदिनु भो भने पनि कलाकारहरुले मलाइ अत्याधिक मतले जिताइदिनु हुन्छ”:रामकेशर बोगटि

    यहि भाद्र २३ गते हुने चलचित्र कलाकार संघको चुनावमा अध्यक्ष पदको लागि कलाकार एव बर्तमान महासचिब रामकेशर बोगटिले उम्मेदवारी दिनु भएको छ । चुनाबि माहोलमा रहेर कलिउड अपडेट डट कमले उहाँ संग कुराकानि गरेको छ ।

    राम केशर जी स्वागत छ ।

    धन्यवाद

    भाद्र २३ गते हुने कलाकार संघको चुनावको लागि कसरी अगाडि बढिरहनु भएको छ ?

    कलाकार संघका अधिकांश कलाकार हरु ले कलाकार संघ नजिक भएर यो सस्थाको काम कारबाहि लाइ नजिक बाट नियालीरहनु भएको छ । तर पनि केहि कलाकारहरु जो कलाकार संघ भित्रका पदाधिकारीहरुले कसरी काम गरिरहनु भएको थियो र भोलि कलाकार संघ को नेतृत्व कस्तो व्यक्तिको हातमा पर्यो भने के के उपलव्धि हुन सक्छ भनेर यो बिषयमा केहि कलाकार संघका सदस्य हरु बिच लबिङ गरिरहेको छु ।

    अध्यक्ष पदको लागि नै उम्मेदवार किन ?

    यसो छ , मैले सुरुवातमा चलचित्र कलाकार संघको कार्यसमिति सदस्यमा रहेर काम गरे । त्यस पछि अहिले महासचिव भएर पनि आफ्नो काम गरिरहेको छु । कलाकार सघका अध्यक्षले आरम्भ गरेका बिभिन्न कार्यलाइ गन्तव्यमा पुर्याउनु मेरो उदेश्य हुने छ । महासचिब हुदा कलाकार संघका हरेक कार्यमा मेरो सहभागिता रहेको थियो । अव नेतृत्व लिदा कलाकार संघलाइ अझ सवल र सक्षम बनाउन सक्छु भन्ने लागेर नेतृत्व लिन खोजेको हुँ ।

    Brocier.FH10

    यदि तपाइ अध्यक्ष पदमा चुनिनु भो भने कलाकार संघलाइ कसरी अगाडि बढाउनु हुन्छ ?

    हेर्नुस नवल खड्का अध्यक्ष र म महासचिव हुँदा कलाकार संघको आफ्नै भवनको लागि म धेरै नै सक्रिय रहे । सरकारी जमिन प्राप्तीको लागी म सदैव प्रयासरत रहे । धोबिखोला करिडोरमा रहेको सरकारी जमिन कलाकार संघलाइ दिलाउन बिभिन्न पार्टिका व्यक्ति , समाजसेबि लागि परिरहनु भएको छ । यदि त्यो जमिन उपलव्ध भएमा ६ महिना भित्र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
    यस्तै हामि चलचित्रकर्मि लाइ सरकारले दिनु पर्ने सेवा सुबिधा दिन सकेको अवस्था छैन । चलचित्र निती पास भइसकेको अवस्थामा कानुनी रुपमा कार्यन्वयनमा भने आएको छैन । त्यसलाइ कार्यन्वयन गर्नु चाहि ठूलो कुरा हो । त्यसको लागि म पूर्ण रुपमा सक्रिय रहने छु । साथै संबिधानको परिमार्जित मस्यौदामा चलचित्र समावेश भइसकेकोले अन्तिम रुपमा निर्माण हुने संबिधानमा पनि चलचित्रको बिषय यथावत राख्नको लागि म पूर्णरुपमा सक्रिय रहने छु ।

    अनि कलाकारहरुको लागि चाहि के गर्नु हुन्छ नि ?

    कलाकार संघको मुख्य उदेश्य त कलाकारहरुकै हितको लागी हो । म महासचिव हुदा पनि कलाकारको हित र सम्मानको लागि थुप्रै काम गरेको छु । जस्तै कलाकार हरुकै हितको लागि मेरो प्रस्तावमा कलाकार संघको बिधानलाइ संसोधन गरिएको छ मैले कलाकार संघको नेतृत्व लिए पछि बरिष्ठ कलाकार र लोकप्रिय कलाकारको छनौट गरी उहाहरुलाइ उपाधि दिन काम गर्छु ।

    भने पछि कलाकारहरु को ग्रेडिङ गर्नु हुन्छ?

    यसलाइ ठ्याक्कै ग्रेडिङ चाहि नभनौ । पुराना कलाकार जसले लामो समय चलचित्रमा आफूलाइ सपर्पित गर्नु भएको छ , दर्शकको मन पनि जित्नु भएको छ अनि समाजमा पनि स्थापित भइसक्नु भएको छ उहाहरुलाइ बरिष्ठ कलाकार भनि उपाधि दिने र जो अहिले दर्शकको मन जितिरहनु भएको छ उहाहरुलाइ लोकप्रिय कलाकार भनि उपाधि दिने व्यवस्था गर्ने छु । यसलाइ बर्गिकरण भनि नबुझिदिनु होला ।

    बरिष्ठ कलाकार र लोकप्रिय कलाकार बाहेक पनि अन्य कलाकारहरु हुनुहुन्छ , जस्को आर्थीक अवस्था कमजोर छ , बिरामि पर्दा उपचार गर्ने पैसा पनि नभएको गुनासो सुनिरहेका छौ , उहाहरुको लागी कलाकार संघले के गर्नेछ ?

    उहाहरुको हितको लागि हामिले लक्ष्मी गीरीको संयोजकत्वमा कलाकार कल्याणकारी कोष भनि स्थापना गरेका छौ । त्यो कोषलाइ पनि बृद्धि गर्ने मेरो उदेश्य छ । अहिले अल्का अस्पतालले कलाकारको उपचारको लागि छुट दिने व्यवस्था गरेको छ । मेरो नेतृत्वमा अन्य अस्पताल संघ पनि कुरा गरी कलाकारलाइ छुट दिने व्यवस्था मिलाउनेमा सवैलाइ बिश्वास दिलाउन चाहन्छु ।

    कलाकारलाइ अन्र्तराष्ट्रिय पहँुचको लागि कस्तो व्यवस्था गर्ने सोच राख्नु भएको छ ।

    कलाकारको व्यक्तित्व र बौद्धिक स्तर बढाउनको लागि अन्र्तराष्ट्रिय स्तरमा हुने सभा सम्मेलन गोष्ठिमा कलाकारको सहभागिता गराउने मेरो प्रयास हुनेछ । यसको लागि बिदेशी संघ सस्था र सरकारि निकाय संग समन्वयन गरिने छ । साथै इन्टरनेशनल फेडेरेशन अफ एक्टर यो सस्था संग हाम्रो आवद्धता बि स २०६३ सालमै भएको हो । यो सस्था संग सहकार्य गरी नेपाली चलचित्रको अन्र्तराष्ट्रि बजारको क्षेत्र बढाउन कलाकार संघ सदैव क्रियाशिल रहने छ ।

    र अन्त्यमा कलाकार हरुले तपाइलाइ नै भोट किन दिने ?

    हेर्नुस चुनाबि माहोलमा सवैले आफू लाइ राम्रो बनाउन खोज्छ नै तर पनि कसैलाइ चिन्नु छ भने उसले बिगतमा गरेको कार्य हेर्नु पर्छ । म महासचिब भएर पनि कलाकारको लागि के के गरे सवै कलाकारहरुलाइ थाहा नै छ । स्थानिय स्तरमा व्यक्तिगत रुपमा पुल , मठमन्दिर निर्माण गरेको छु । सामाजिक कार्यमा संलग्न भएको सवैले देख्नु भएको नै छ । म महासचिव हुदा मैले गरेका कार्यको मात्र मुल्याङकन गरिदिनु भो भने पनि कलाकारहरुले मलाइ अत्याधिक मतले जिताइदिनु हुन्छ भन्ने आशा लिएको छ ।

    हवस् त रामकेशर जी , आफ्नो अमुल्य समय हामिलाइ दिनु भयो यहाँलाइ धेरै धेरै धन्यवाद ।

    यहालाइ पनि र कलिउड अपडेट परिवार प्रति पनि आभार व्यक्त गर्दछु ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4