जेठ २७ , कलिउड अपडेट ।
नेपाली चलचित्र क्षेत्रमा २५ बर्ष देखी राज गरिरहनुभएका महानायक राजेश हमालको जन्म ५ दशक अगाडी पाल्पाको तानसेनमा भएको थियो । पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मीनु भएका राजेश हमाल को पिता नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । कक्षा ९ सम्मको अध्ययन नेपाल मै गर्नुभएका राजेशले उच्च शिक्षा भने रसीयामा गरेका थिए । चन्दीगड युनिभर्सीटीबाट अंग्रेजी साहीत्यमा एम ए गर्नुभएका राजेशले फिल्ममा आउनु अगाडी नै केही मोडलीङ्ग र र्याम्प सो गरीसकेका थिए । सम्पन्न परिवारमा हुर्कीनुभएका राजेशलाई उहाँको पीताले ईन्जियर बनाउने सपना देख्नुभएको थियो तर उनका मामा चलचित्र निर्देशक दिपक रायमाझीले १९८८ मा भाग्यरेखामा राजेश हमाललाई कास्ट गरेपछी भने राजेशले आफ्नो पिताको सपनालाई कुल्चनु पर्यो । सुरुवातीको दिनमा राजेशलाई फेमीलीको सपोर्ट थिएन । दुर्भाग्यवस राजेश चलचित्रमा ईन्ट्री भएको केही बर्ष मै उनका पिताको निधन भयो । राजेशले आफ्नो सफल अनुहार पितालाई देखाउन पनी पाएनन् ।
पहिलो पटक उनि फिल्म युग देखी युग सम्ममा उनि नायीका कृष्टि मैनालीको अपोजीटमा अनुवन्धीत भए जुन फिल्मको निर्देशक पनी उनका मामा दिपक रायमाझी नै थिए । निर्माता छविराज ओझा भन्छन त्यसबेला नेपाली चलचित्र क्षेत्रमा राजेश हमाल जस्तो हिरोको खाँचो थियो । युग देखी युगसम्म बक्स अफिसमा अत्यधीक सफल रह्यो । राजेश रातारात हिट भए । उनले पहिलो फिल्मबाटै नेश्नल बेस्ट एक्टर डेब्यु अवार्ड पनी हात पारे । त्यसपछी नेपाली चलचित्रले एउटा हाईटी, हेन्डसम र एजुकेटेड हिरो पायो । जो आज राजेश हमालको नामले सारा नेपालीको मन मुटुमा बस्न सफल भएको छ । युग देखी युग सम्मको सफलता पछी राजेश हमालले अहिले सम्म पछाडी फर्केर हेर्नु परेको छैन । पहिलो फिल्म पछी १९९१ मा उनका ३ वटा फिल्महरु आए भाउजु, देउकी र देउता ३ वटै फिल्महरु हिट सावीत भए । देउताबाट पनी उनले दोस्रो राष्ट्रिय अवार्ड हात पारे ।
त्यस पछीको चलचित्र क्षेत्र एक हिसावले राजेश हमालको पछी नै लाग्यो । युवाहरु राजेश हमालको जस्तो कपाल पाल्न थाले । युवतीहरु राजेश हमाल जस्तो राज कुमारको सपना देख्न थाले । निर्माता निर्देशक र लेखकहरु पनी राजेश हमाललाई नै हेरेर स्क्रिप्ट लेख्न थाले ।
त्यसपछीका अधिकांस फिल्महरुमा राजेश हमाललाई देख्न थालीयो । राजेश हमालले पनी भ्याएसम्म र आएसम्मका सबै फिल्महरुमा काम गर्न थाले । निर्माता निर्देशक पनी राजेशको डेट कुरेर बस्न थाले तर केही क्रिटीक्सहरुले भने राजेश हमालले जे पायो त्यही फिल्म खेल्यो भनेर आलोचना पनी गर्न भ्याए । आखीर राजेश हमालले फिल्महरु नछानी कीन खेले त ?
आजसम्ममा १२ वटा भन्दा बढी राष्ट्रिय अवार्ड र असंख्यक अवार्ड र पुरस्कारहरुबाट सम्मानित भईसकेका हमालले पुराना हिरोईनहरु कृष्टि मैनाली, करिश्मा मानन्धर, रेखा थापा देखि नया नायीकाहरु सँग सम्म काम गर्न भ्याइसकेका छन । २५ बर्ष निरन्तर काम गरीसक्दा पनी उनि भन्छन् जोश र जागर अझै जारी छ ।
आज बच्चा देखी बुढासम्म र नेपालको कुनै कुना देखी बिदेशको जुनसुकै ठाउँमा बस्ने नेपालीले पनी राजेश हमाललाई चिन्छन् । उनको फिल्महरुले प्राय नेपालीहरुको जिन्दगीमा केही न केही भुमीका खेलेको हुन्छ ।
राजेश हमालद्धारा अभिनित देउता, कान्छा, पृथ्वी, अल्लारे, बसन्ती, चन्डाल, जुनतारा, शंकर, अर्जुन जस्ता थुप्रै फिल्महरु र उनले बोलेका डायलगहरु आज पनी दर्शकले उती नै याद गर्छन । (यो हात फलाम, अर्जुन हुँ म अर्जुन) पछील्लो समयमा बाटोमुनीको फुल, फेसबुक, मायाजबार जस्ता सफल फिल्महरुमा देखीएका हमाल आज पनी फिल्महरुमा उती नै व्यस्त छन् ।
राजेश हमाल त्यस्ता एक स्टार हुन जसको प्राय कन्ट्रोभर्सीहरु सुन्नमा आउदैनन् तर पनी उनको कपाल र बिहेको समाचार भने पत्रिकाहरुमा हेड लाइन बनीरहन्थे तर केहि बर्ष अघि मधु भट्टराइ संग बिबाह बन्धनमा बाधिए पछि भने राजेश हमाललाइ सोधिने एक प्रश्न सधैको लागि बन्द भएको छ । आज हीरो बन्ने सपना बोकेर रजतपटमा प्रवेश गरेका सबै युवाहरु राजेश हमाल जस्तो बन्न चाहन्छन् । चलचित्र मार्फत लाखौँ दर्शकलाई हसाउने, रुवाउने र मनोरन्जन गराउने नायक राजेशलाई २०५८ सालको दशैको टिकाको दिन मातृशोक परेको थियो ।
बायोग्राफि लेखक — प्रकाश पुरी