कलिउड अपडेट ।
महानायक राजेश हमालको प्रमुख आतिथ्यमा बाजुराको बुडिगंगा नगरपालिका को ब्रम्हतोलामा अनाथ बाल आश्रमको कन्सर्न बाजुरालाइ हस्तान्तरण भएको गरिएको छ ।
कन्सर्न बाजुराको संयोजकत्वमा नेपालकै कान्छा अभियन्ता क्लिन काष्ठमण्डपका संयोजक केपि खनालको अगुवाइमा संसार भर छरिएर बस्नु भएका सहयोगी मनहरुको सहयोग द्धारा लगभग ५० लाख बराबरको तिन वटा भवन एक बर्ष भित्र निर्माण गरि बुधबार हस्तान्तरण गरियो ।
कार्यक्रममा बोल्दै महानायक राजेश हमाल ले सामाजिक अभियन्ताहरुको यस्तो पुन्य कामको तारिफ गर्दै सामाजिक कार्यमा कुनै पनि प्रकारको राजनितिक हस्तक्षेप हुनु नहुने बताएका छन् । भवन हस्तान्तरण गर्ने उक्त कार्यक्रममा चलचित्र निर्माता एवं कलाकार शिवराज कार्कि , पूर्व उध्योग मन्त्रि कर्णबहादुर थापा , युवा व्यवसायी आशिष रायमाझि तथा स्थानिय बुद्धिजिबि , राजनितिक पदाधिकारी , सन्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस् ।