Like us on facebook

Advertisements

  • अब म सुभेच्छालाइ नै मुद्धा हाल्छु : राजन घिमिरे (सन्चारकर्मि)

    charimayaमाघ २३ , कलिउड अपडेट ।
    राजन घिमिरे बिगत १७ बर्ष देखि चलचित्र पत्रकारीता गर्दै आएका छन् । उनि हाल नेपाल टेलिभिजन संगै अन्य बिभिन्न मिडियामा आवद्ध पनि छन् । उनले केहि दिन अघि मात्र एक पत्रिकामा एक लेखेका थिए , सो लेख थियो समाजसेवी चरीमाया तामाङको जिवनीमा आधारीत बन्न लागेको चलचित्र को बारेमा ।
    उनको घटनामा बिचारमा लेखिएको लेख यस्तो थियो ।

    साहित्यिक हस्तीमाथि चलचित्र बनाउँदै कृतिकै बेइज्जत र अपमान गर्ने चलचित्रकर्मीहरूको सङ्ख्या बाक्लै छ यहाँ । यस्ता चलचित्रकर्मीले सफल कृतिमाथि न्याय गर्न नसक्दा बजारमा पनि कृतिको साख, गरिमा र वजनमा नै धक्का पर्ने गरेको छ । यो त भयो कृतिमाथि चलचित्र बनाउँदा सर्जकले न्याय गर्न नसक्दा देखिएको गलत परम्पराका कुराहरू । अब त झनै कृतिमाथि मात्र होइन कि कसैको सङ्घर्षको यात्रालाई चलचित्र बनाउँछु भनेर स्वीकृति लिँदै गलत चलचित्रकर्मीहरूले त्यस्ता सङ्घर्षशील व्यक्तिको जीवनमा नै असर पर्ने खालको सिनेमा बनाउन खोजेर गलत परम्पराको सुरुवात गर्न थालेका छन् । सिनेमा बनाउने व्यक्ति गलत प(यो भने आफ्नो जीवनशैली, यात्रा अनि आफ्नो सङ्घर्षको कथामा कति असर पर्छ भन्ने कुरा आफ्नो जीवनमाथि चलचित्र बनाउन दिनेले पनि बुझ्न सक्नुपर्छ । कि त आफ्नो जीवनमाथि आधारित रहेर चलचित्र बनाउँछु भनेर आउनेको विगतबारे पनि सोधपुछ गर्न सक्नुपर्छ नत्र एउटा धरोहरको इतिहास नै तहसनहस हुने खालको चलचित्र बनाइदियो भने भोलि के हुन्छ ?
    प्रसङ्ग वा विषय चरिमाया तामाङको हो । उनको जीवनमाथि चलचित्र बनाउन यतिबेला एउटा समूह लागिपरेको छ । तर, त्यो समूहको नेपाली फिल्मको विगत न त राम्रो छ न त उत्कृष्ट नै छ । चरिमाया तामाङको जीवनमाथि बन्ने चलचित्रको निर्देशक राजु गिरीले गर्ने र निर्माण शुभेच्छा थापाले गर्ने कुरा बजारमा आएपछि चलचित्रकर्मीहरू यो अर्थमा अत्तालिएका छन् कि एउटा सहरी, उच्चतम र पावरफुल व्यक्तिको जीवनकथा मर्ने भयो भनेर । यदि चरिमाया तामाङले राजु र शुभेच्छालाई चलचित्र बनाउन अधिकार दिएकी हुन् भने उनले पनि यी दुईको विगतबारे अध्ययन गर्नुपर्ने आवश्यकता छ । पहिले राजु र शुभेच्छाले कस्तो फिल्म बनाए रु नेपाली सिनेमा क्षेत्रमा यिनलाई कसरी हेर्छन् वा यिनको हैसियत कस्तो छ रु यी र यस्ता यावत् कुराको अध्ययनपश्चात् मात्र चरिमाया तामाङले स्वीकृति दिँदा राम्रो हुन्थ्यो, नत्र पछि तपाईंको जीवनमा सङ्घर्षलाई नै गलत अर्थ लगाउने गरी चलचित्र बन्यो भने तपाईंको जीवनमा नै कालो धक्का नलाग्ला भन्न सकिन्न । तपाईंको जीवनमाथि चलचित्र बनाउनुपर्दा एक से एक चलचित्रकर्मीहरू तयार हुन्छन्, तर तपाईं भने कुनै हैसियत, बजार वा क्षमता नभएको चलचित्रकर्मीसमक्ष पुग्नुभएको छ । अवश्य पनि दीर्घकालीन रूपमा चरिमायामाथिको यो निर्माण घातक हुनसक्छ । हरेक चलचित्रमा असफल भएकी शुभेच्छाले तपाईंको भूमिका निर्वाह गर्ने कुराले पनि बजारमा हाँसो बढ्न थालेको छ ।
    नेपाली चलचित्र क्षेत्रलाई सबैभन्दा झुर र अव्यावसायिक चलचित्र दिने निर्देशक राजु गिरी अनि निर्मात्री तथा अभिनेत्री शुभेच्छा थापाले अन्ततः चरिमायाको नाम, आड र भरोसालाई समातेर आफू लोकप्रिय हुने काम गर्न खोजेको कुरा चरिमायाजस्तो विश्वविख्यात व्यक्तिले बुझ्नुपर्ने हो । यदि उहाँले यो कुरा बुझ्न सक्नुभएन भने भोलि चलचित्र बनेपछि ‘ए खत्तम नै बनाएछ’ भनेर भन्नुबाहेक अन्य कुनै भनाइ नै बाँकी रहँदैन । त्यसैले राजु गिरी र शुभेच्छा थापा आफ्नो ठाउँमा राम्रै होलान्, तर यिनीहरूमा चरिमाया तामाङजस्तो उच्चतम युवतीको जीवनमाथि चलचित्र बनाउने हैसियत, क्षमता र उचाइ छैन भनेर भन्न धक मानिरहनुपर्दैन ।

    यो लेख लेखे पछि नायीका सुभेच्छा थापा ले कुन हैसियतले राजन घिमिरेले आफू बिरुद्ध यस्तो लेख लेखे भनि मानहानिको मुद्धा हाल्दैछु भनि धम्कि पूर्ण बिचार एक अनलाइन पत्रिका मार्फत सार्वजनिक गरिन् । यस बिषयमा सन्चारकर्मि राजन घिमिरेले पनि मुखभरीको जबाफ फर्काएका छन् । फेसबुक स्टाटस बाट उनले चरीमाया तामाङ जस्तो व्यक्तित्व माथि चलचित्र बनाउनु संवेदनशिल रहेको बताउदै चरीमाया को चरीत्र हत्या हुन सक्ने सम्भावनालाइ समयमै औल्याएको बताएका छन् । सन्चारकर्मिको कलम भाच्ने प्रयास गरी सामाजिक सन्जालमा आफूलाइ गालिगलौज गरेको अभियोगमा राजन नै सुभेच्छालाइ मुद्धा हाल्न सक्ने फेसबुक मार्फत घिमिरेले आफ्नो अभिव्यक्ति लेखेको छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4