कलिउड अपडेट ।
तिहारमा रिलिज हुने फिल्म राधाको नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालले रचना गरेको यस गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् भने स्वर चाँहि राजेश पायल राईको मात्र छ । कोरियोग्राफी कविराज गहतराजको हो भने सिनेमाटोग्राफी मान कृष्ण महर्जनको हो ।
फूल सारा बेकार छन् जुन तारा बेकार छन् ।।।बोलको यस गीत लाई सुनेर केही लेख्ने हो भने यो गीत मेलोडियस लभ सङ श्रेणीमा पर्दछ । गीतमा कहरवा ताल प्रयोग भएका कारण यो गीतलाई एक दुई पटक सुन्दा श्रोताले गुनगुनाउँन सक्ने आधार चाँहि देखिन्छ । जसको मुख्य कारण हो गीतको शब्द बनोट र सजिलो स्थायी । गीतका शब्दमा माया प्रेम भन्दा ठूलो अरु केही हैन भन्दै एउटा प्रेमीले आफ्नो प्रियको प्रशंसा गरेको पाईन्छ ।
योगेश घिमिरेको निर्देशनमा बनेको यस फिल्ममा संचिता लुइँटेल र जीवन लुइँटेलले जोडी बाधेका छन् । हेर्नुस् गीत ।