कलिउड अपडेट , काठमाण्डौ
अधिकाँश छायाँकन झापामै भएको फिल्म राधाको फष्टलुक पोष्टर झापामै रिलिज गरिएको छ । तिहारमा रिलिज हुने उक्त फिल्मको झापा दमकमा आयोजित एक पत्रकार सम्मेलन मार्फत फष्टलुक पोष्टर रिलिज गरिएको हो । पोष्टरको घुम्टोलाई दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उघारेका थिए ।
कार्यक्रममा निर्देशक योगेश घिमिरे, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाई, एफडी कम्पनीका पूर्वाञ्चल वितरक चौतन्य बराल एवं नेपाल चलचित्र संघ पूर्वाञ्चल बेल्टका निवर्तमान सभापति विकास कोइराला लगायतको उपस्थिती थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका दमकका अध्यक्ष एवं प्रमुख अतिथि राजेन्द्र ढकालले फिल्म ब्यवसायलाई ब्यवस्थित गर्न आफ्नो क्षेत्रबाट सधै पहल रहने भन्दै राधा यूनिटलाई सफलताको शुभकामाना दिएका थिए । उता निर्देशक घिमिरेले चाँहि मायाँ प्रेमका कथालाई मुख्य विषय बनाईएर राम्रो फिल्म दिन आफूले खोजेको बताए ।
कार्यक्रममा उपस्थित हुन पुगेका स्क्रिप्ट राईटर प्रदीप भारद्धाजले चाँहि यो फिल्मको कथा चट्पटे स्वाद जस्तै रहेको बताए । उनले २ घण्टाको समयमा दर्शकले भर्पूर मनोरञ्जन पाउँने दावी समेत गरेका छन् ।
जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको राधाको रिलिज मिति चाँहि आउँदो तिहारको छेको अर्थात कात्तिक १२ गतेलाई तोकिएको छ ।