कलिउड अपडेट , काठमाण्डौ ।
यहि मे १३ मा अबुधाबिमा भव्य कन्सर्ट हुने भएको छ । कन्सर्टको मुख्य आर्कषण रबिन एन्ड न्यू रिभुलेशन व्यान्ड रहने छ । साँझ ६ बजे देखि ११ बजे सम्म The exchange Lounge and Night Club , Le Meridian Hotel मा हुने आयोजक प्रकाश पौडेलले जानकारी दिएका छन् । साथै उक्त कार्यक्रममा डिजे फरे ले दर्शक नचाउने उनको भनाइ छ ।
रबिन पहिलो पटक आफ्नो प्रस्तुति दिन अबुधाबि जादैछन् । यूएइमा भइरहेका अन्य कार्यक्रम भन्दा फरक स्वाद दिने आयोजक बताउछन् । दर्शकले लाइभ म्यूजिकमा रबिनको प्रस्तुती हेर्न पाउने छन् । नेपालीहरु द्धारा सन्चालिन बिभिन्न कम्पनीले उक्त कार्यक्रम स्पोन्सर गरेका छन् । कन्सर्टको इन्ट्रि फि ७५ दिराम रहेको छ ।