Like us on facebook

Advertisements

  • कतारमा बस्ने नेपाली माझ हुदैछ भव्य सास्कृतिक कार्यक्रम

    पुस २६ , कलिउड अपडेट ।
    बिभिन्न देशमा अवार्ड तथा अन्य मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको संगिक्षा इन्टरटेन्मेन्टले यसपटक कतारमा बस्ने नेपाली लाइ भरपुर मनोरन्जन दिने भएको छ । मार्चको ८ र ९ तारिखमा कतारका २ शहरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।

    यो कार्यक्रममा हास्यकलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ । यस्तै, नायिकाहरु निरुता सिंह, अनु शाहको नृत्य प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिने आयोजकले विश्वास लिएको छ । गायन तर्फ आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले , राजनराज सिवाकोटी , राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् ।

    काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले नेपाली कला संकृतिलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

    मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार दर्शकको उपस्थितीमा कार्यक्रम हुने विश्वास आयोजकको छ भने मार्च ९ मा कतारको ग्रान्ड मलमा करिब १० हजार दर्शकको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास आयोजकले लिएको धिरेन्द्रले पत्रकार सम्मेलनमा बताए ।
    कार्यक्रमको संचालन नरेश भट्टराइले गर्दैछन् । यो कार्यक्रमको आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगरात्र खत्री, विजय सुवेदी ‘आवाज’ रहेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4