Like us on facebook

Advertisements

  • यसकारण छक्का पन्जा ३ छोडे पुष्पले

    कलिउड अपडेट , काठमाण्डौ ।
    फिल्म स्कृप्टको आधारमा बन्ने हो , स्कृप्टमा जे जस्तो क्यारेक्टर लेखिएको छ फिल्ममा पनि त्यहि क्यारेक्टर नै प्रस्तुत गरिन्छ । कलाकार ले पनि आफ्नो क्यारेक्टर कस्तो हो भनेर स्कृप्ट बाट नै थाहा पाउछन् । मौखिक रुपमा क्यारेक्टर थाहा पाएर फिल्म मा अभिनय गरियो र पछि अर्कै क्यारेक्टर रहेछ भने कलाकार को लागी उक्त फिल्म निल्नु न ओकल्नु पक्कै हुन्छ । तर केहि निर्माता निर्देशक भने कलाकारलाइ स्कृप्ट नै दिन नरुचाएको तथ्य खुलेको छ ।

    कुरा हो चलचित्र छक्का पन्जा ३ को । चलचित्रमा नायक पुष्प खड्का अनुवन्ध भए तर उनलाइ आफ्नो क्यारेक्टरको बारेमा र मा आफ्नो संवादको बारे जानकारी पाउने मौका नै पाएनन् । फिल्ममा उनको भूमिका को बारे मौखिक रुपमा बताए पनि बास्तवमा आफ्नो क्यारेक्टरले फिल्ममा कस्तो प्रभाव पार्छ भन्ने पुष्पलाइ थाहा नै भएन ।

    पुष्पले बारम्बार स्कृप्ट माग्दा निर्माण पक्षले स्कृप्ट दिन नमिल्ने बतायो र पछि आफ्नो क्यारेक्टर मात्र भएको सिन को स्कृप्ट माग्दा पनि दिइएन त्यस पछि पुष्पले चलचित्र छक्का पन्जा ३ मा अभिनय नगर्ने निर्णय गरे र सहमतिमै छोडे ।
    यो घटना बाट छक्का पन्जा ३ टिमले तानाशाह प्रवृत्ती देखाएको हो कि भन्ने पुष्टी हुन्छ । कलाकार ले आफूले फिल्ममा कस्तो भुमिका निर्बाह गरिरहेको छु , आफ्नो भुमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ भनेर बुझ्नको लागी पुरै स्कृप्ट पाउनु पर्छ , यो त एक कलकारको अधिकार पनि हो । ठूलो व्यानरको फिल्म , हिट फिल्मको सिक्वेल भनेर आफ्नो क्यारेक्टर नै नबुझि , स्कृप्टनै नपढि अभिनय गर्ने कलाकार एक कुशल कलाकार पक्कै हुदैन ।
    पुष्प खड्का बाट सबै कलाकारले सिक्नु पर्ने कुरा हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4