श्रावण २ , कलिउड अपडेट ।
चलचित्र कबड्डी र कबड्डी कबड्डीको सफलता राम्रो संग चाखेका निर्देशक रामबाबु गुरुङ को निर्देशन रहेको चलचित्र पुरानो डुंगा को फष्ट लुक सार्वजनिक गरिएको छ ।फष्ट लुक स्वरुप टिजर गीत र पोस्टर सार्वजनिक भएको छ । दयाहाङ र प्रियङकालाई मात्र समेटेर सार्वजनिक गरिएको टिजर गीतमा कालिप्रसाद बास्कोटाले स्वर र संगीत दिएका छन् ।
माओत्से गुरुङको कथामा रामबाबु र उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्म मंसिर १० गतेदेखि प्रदर्शनमा आउने छ ।