कलिउड अपडेट ।
गत केहि साता अघि ४ वटा नेपाली चलचित्र मात्र रिलिज भए , आए गए । त्यस्तै हरेक साता ३ वटा या २ वटा चलचित्र रिलिज भइरहेको यो समयमा भाद्र २२ गते पनि २ वटा चलचित्र रिलिज हुने भएका छन् , चलचित्र रामकहानी र रोजी । यो कुनै अस्वभाबिक पनि छैन ।
चलचित्र रामकहानी आउने भनिएको उक्त मितिमा चलचित्र रोजी पनि रिलिज हुने भयो ।
हुन त आफूलाइ पायक पर्ने मितिमा फिल्म चलाउन पाउने जो कोहि निर्माता र बितरकको अधिकारनै हो । बिगतमा पनि नायीका पुजा शर्मा र सुर्दशन थापाले अरुले अगाडि नै तय गरेको मितिमा फिल्म नजुधाएको होइन् तर सोलो रिलिजको सपना देखिरहेको रामकहानिले भदौ २२ मा एक्कासि अहिलेका युवास्टार प्रदिपको फिल्म आउने भए पछि पुजा उकुशमुकुश भएर होला फेसबुकमा बिकाश बोर्ड अध्यक्ष निकिता पौडेल माथि नै स्टाटस प्रहार गरेकि छिन् । सरकारी ओहोदामा रहकि बोर्ड अध्यक्ष पौडेल माथि सामाजिक सन्जालमा नियतबस होच्याएर स्टाटस लेख्नु एक अभिनेत्रीलाइ पक्कै पनि शोभा दिदैन । उनको स्टाटस यस्तो छ ।
आफू महिला निर्माता भएको र महिलाले नै फिल्म जुधाउन ल्याएको संकेत गर्दैै बिकाश बोर्ड अध्यक्ष पौडेलको कामकारबाहि प्रति नै औला ठड्याएकि छिन् । तर चलचित्र रोजीमा निकिताको नाम कहि कतै छैन । उक्त चलचित्र निकिताका भाइ निरक पौडेलको निर्देशनमा तयार चलचित्र हो । तर पनि फिल्म रिलिज मिति निर्माता र बितरकले मिलाउने पुजाले आरोप लगाउनु अघि बुझ्नु पर्ने कुरा हो ।
प्रदिपको फिल्म हलमा आए आफ्नो चलचित्र तल झर्ने बुझेर पनि होला पुजाको प्रेसर बढेको तर चलचित्र राम्रो बनेको भए पुजा किन डराउनु ? पुजा जी नेपाली मा एउटा उखान नै छ नि नबिराउनु नडराउनु । तपाइ आफ्नो फिल्म राम्रो बनाउनुहोस तपाइ को फिल्म संग एउटा होइन ४ वटा चलचित्र भिड्न आए पनि फरक पर्दैन होइन र ?